शंखरापुर पासिखेलमा गएको पहिरो रोकथामको लागि प्रदेश मन्त्री ठकुरीले गराए संघिय मन्त्रीको ध्यानाकर्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०८१, बुधबार ०५:२७

काठमाडौं । शंखरापुर नगरपालिका वडा न ९ पासिखेलमा गएको पहिरोको समस्या समाधान गर्न वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको ध्यानाकर्षण गराईएको छ ।  पहिरो गई सडक अबरुद्ध भए पछि वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी र शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले मंगलवार स्थलगत अवलोकन गर्नुभयो ।

मन्त्री ठकुरी र मेयर नापितले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गर्नु भएको छ । भेटमा वन तथा वातावरण मन्त्री ठकुरीले समस्या समाधानका लागि यथाशिघ्र कार्य प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको प्रदेश मन्त्री बिमल ठकुरीका स्वकिय सचिव कृष्ण प्रसाद नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१