विमानको पाङ्ग्रा रहने स्थानमा पाँच घण्टासम्मको उडानमा रहेर पनि बाँचे एक युवक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७१, बुधबार ०३:३७

बैशाख,लस एन्जलस। अमेरिकाको क्यालिफोर्नियाबाट हवाइसम्म हवाइ जहाजको यात्रामा जहाजको पाङ्ग्रा रहने स्थानमा पाँच घण्टा रहँदा पनि १६ वर्षीय एक युवक जीवितै रहेको देखिएको समाचार अमेरिकी आमसञ्चारले दिएका छन् ।
?
पाँच घण्टा तीस मिनेटको यस अवधिमा विमानमा तापमान निकै कम भएको र अक्सिजनको पनि कमी रहेको जानकारी दिइएको छ । यस अवधिमा उक्त विमान ३८ हजार फिटको उचाइमा पुगेको एफबीआईका अधिकारीहरुले लस एन्जलस टाइम्सलाई जानकारी दिएका छन् ।
एफबीआईका प्रवक्ता टम सिमोनले यी युवक कसरी जीवित भए भन्ने आफूलाई अचम्म लागेको उक्त दैनिकलाई बताउनुभयो ।
सान जोसमा रहेको मिनेटा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा भिडियोमा यी युवक पर्खाल नाघेर हवाइएन एयरलाइन्सको उडान नं. ४५ मा पुगेको र पाङ्ग्रा राख्ने स्थानमा चढेको तर उसलाई कसैले पनि नदेखेको बताइएको छ ।OLYMPUS DIGITAL CAMERA
सिमोनले उडानको समयमा विमानमा अक्सिजनको कमी भएको र निकै चिसो तापक्रम भएकाले उक्त युवक अचेत भएको हुनसक्ने बताउनुभयो ।
उक्त विमान बिहानको समयमा मौइको काहुलुई विमानस्थलमा अवतरण भएको थियो । यसपछि पनि युवकको होस अर्को एक घण्टासम्म नफर्केको बताइएको छ । यसपछि यी युवक विमानस्थलमा झरेको थियो ।
यसपछि हवाइएन एयरलाइन्सका कर्मचारीहरुले यस युवकलाई विमानस्थलमा फेला पारेको र सुरक्षाकर्मीलाई जानकारी दिएको बताइएको छ ।
यी युवकले सुरक्षा तोडी विमानसम्म पुगे पनि ऊ विमानसेवाका लागि कुनै चुनौतीको रुपमा नदेखिएको र उसलाई कुनै पनि अपराधमा अभियोग नलगाइएको बताइएको छ ।
विमानको पाङ्ग्रा रहने स्थानमा बसेर उडान सम्पन्न गरी बाँचेका व्यक्तिहरुको घटना पहिला नभएका होइनन् तर धेरै व्यक्तिको निकै कम तापक्रममा अक्सिजनका अभावमा मृत्यु भएको देखिएका छ ।
सन् २०१२ मा ब्रिटिस एयरवेजको विमानमा २६ वर्षीय एक युवक पाङ्ग्रा राख्ने स्थानबाट हिथ्रो विमानस्थलमा खसेको देखिएको छ । उक्त युवक अङ्गोलामा उक्त विमानमा प्रवेश गरेको थियो र विमान उत्रने तयारी गर्दा उक्त युवक खसेको थियो । रासस/एएफपी

प्रतिक्रिया