शेख हसिना सवार विमान नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८१, मंगलवार ०५:४७

काठमाडौं । पदबाट राजीनामा दिएर देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत सवार विमान भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण भएको बताइएको छ । ढाकामा जारी तनावबीच हसिनाले राजीनामा दिएकी थिईन् । हसिना आफ्नी बहिनीसहित सेनाको विशेष हेलिकोप्टरबाट पुगेकी छन् ।

आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी थिईन् ।

प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । आन्दोलन चर्किरहेको बेलामा पूरा बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएको थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१