गोकर्णेश्वर महादेवलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्छु : मन्त्री विमल ठकुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८१, सोमबार ०६:२५

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर नगरपालिका-४ मा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरलाई युनेस्को विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।

शनिबार गोकर्णेश्वर नगरपालिका-८ ले आयोजना गरेको सम्मान एवम् बधाई कार्यक्रममा ठकुरीले उक्त प्रतिबद्धता जनाएका हुन् ।उक्त कार्यक्रममा प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वरका मेयर दीपककुमार रिसालसहित स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद चालिसेले मन्त्री ठकुरीको नेतृत्वमा बागमती प्रदेशको संस्कृति, पर्यटन र सहकारी क्षेत्रमा उल्लेखनीय प्रगति हुने र उनको अनुभव र दूरदृष्टिले प्रदेशमा नयाँ विकासका आयामहरू सिर्जना हुनेमा विश्वास व्यक्त गरे ।

यसैगरी मेयर रिसालले आफ्नो मन्तव्यका क्रममा गोकर्णेश्वरको विकासका लागि मन्त्री ठकुरीको नेतृत्व महत्वपूर्ण हुने र उनको समर्पण र कार्यक्षमताले नगरपालिकालाई एक नयाँ दिशामा अघि बढ्ने साथै ठकुरीको कार्यकालमा अझ ठोस विकासको अपेक्षा रहेको बताए ।

मन्त्री ठकुरीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भने, “तपाईहरूको समर्थन र विश्वासले मलाई प्रेरित गरेको छ । म तपाईंहरूको अपेक्षालाई पूरा गर्न निरन्तर प्रयास गर्नेछु । प्रदेशको विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने मेरो प्रतिबद्धता छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१