पूर्वराष्ट्रपति भण्डारीद्वारा बूढानीलकण्ठमा निर्माण हुने ड्याम र पानी प्रशोधन केन्द्र स्थलको अवलोकन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८१, सोमबार ०६:०७

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–५ आइतबारे पार्कस्थित चिसेनीमा बन्न लागेको खानेपानीको ड्याम र पानी प्रशोधन केन्द्र स्थलको अवलोकन गर्नुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको समन्वय तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहयोगमा उक्त स्थानमा ड्यामसहितको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । बूढानीकलण्ठ नगरपालिका क्षेत्रमा खानेपानी वितरण गर्ने योजनासहित उक्त स्थानमा १४ लाख लिट क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई आयोजनाका विषयमा काठमाडौं ४ (ख) का प्रदेश सांसद जयराम थापा, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर सञ्जिव विक्रम राणा लगायतले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पूर्वसांसद् तथा नेकपा (एमाले) काठमाडौंका अध्यक्ष दीपक निरौला लगायत बूढानीलकण्ठ नगरपालिका वडा नं ३ तथा ५ का वडाध्यक्ष एवम् स्थानीयहरूको सहभागिता थियो । सर्भे भइरहेको ड्याम र पानी प्रशोधन केन्द्र निर्माण भएपछि बूढानीलकण्ठ आसपासका दुई लाख जनसंख्यामा खानेपानीको सहज आपूर्ति हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१