कोशी र गण्डकीबाहेक सबै प्रदेश सरकार पुनर्गठन, कहाँ कसको नेतृत्व ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८१, सोमबार ०५:४६

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । आइतबार कांग्रेसका ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आइतबार कांग्रेसबाट राजीव विक्रम शाहको नेतृत्वमा सुरेश अधिकारी, विजया बुढा र घनश्याम खड्का मन्त्री बनेका छन् । शाहलाई अर्थ, बुढालाई उर्जा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा अधिकारी र सामाजिक विकासमा भण्डारीलाई जिम्मेवारी दिईएको छ ।

यता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह आजै मुख्यमन्त्री नियुक्त हुँदैछन् । उनलाई साँझ ५ बजेपछि नियुक्त गर्ने प्रदेश प्रमुख नाजिर मियाँको तयारी छ । मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै सुदूरमा नयाँ सरकार गठनको बाटो खुलेको हो । सुदूरमा नयाँ सरकार बनेसँगै केन्द्रमा बनेको नयाँ सत्ता समीकरण अनुसार ५ प्रदेशमा सरकार पुनर्गठन भएको छ ।

गत असार ३० गते कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । ओली प्रधानमन्त्री नियुक्त भएसँगै सत्तारुढ दलहरुको समर्थनमा सातै प्रदेश सरकार पुनर्गठनको क्रममा रहेको छ । हालसम्म कोशी र गण्डकीबाहेक सबै सरकार पुनर्गठन भईसकेका छन् ।

कहाँ कस्को नेतृत्व ?

केन्द्रमा जुटेको सहमति अनुसार ७ मध्ये एमाले र कांग्रेसले समान ३ प्रदेशको सरकारको नेतृत्व लिनेछन् भने मधेशमा जनमत पार्टीको सरकार रहनेछ । केन्द्रमा जुटेको समझदारी अनुसार कोशी, लुम्बिनी र कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेको छ । कोशीमा हिक्मत कार्की, लुम्बिनीमा चेतनारायण आचार्य र कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री बनेका छन् । कोशी बाहेक खुवै प्रदेश सरकारमा कांग्रेस सहभागी भईसकेको छ । कोशीमा पनि मन्त्रालय भागबन्डा टुंगिसकेको छ । कांग्रेसले मन्त्री छनोट गर्न नसक्दा सरकार पुनर्गठनमा ढिलाइ भएको छ । सोमबारसम्म कोशी सरकार पुनर्गठन हुने नेताहरुको भनाइ छ । कोशीमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री लिने समझदारी बनेको छ ।

मधेशमा जनमतको सरकार

मधेशमा हाल जनमत पार्टीका सतिसकुमार सिंहको नेतृत्वमा सरकार छ । सोही सरकारमा कांग्रेस र एमाले सामेल भएका छ् । दुवै दलले समान ४ मन्त्रालय पाएका छन् । मधेशमा कांग्रेस, एमाले, जनमत र लोसपाको संयुक्त सरकार छ ।

बागमतीमा कांग्रेस

बागमती प्रदेशको नेतृत्व कांग्रेसले लिएको छ र दुई दलको सुविधाजनक बहुमत रहेको प्रदेशमा एमालेका ५ र कांग्रेसका ७ गरि १२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । २० महिनापछि बागमतीमा एमालेका जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने समझदारी दुई दलबीच भएको छ ।

गण्डकीमा भागबन्डा मिलाउनै सकस

अन्य प्रदेश सरकार पुनर्गठन भइसक्दापनि गण्डकीमा भने कुनैपनि सुरसार भएको छैन् । ८ सदस्यीय प्रदेश सरकारमा हशाल मुख्यमन्त्रीसहित ५ सदस्यीय क्याबिनेट छ । गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ । सोही सरकारले निरन्तरता पाउनेछ । गण्डकीमा केही दिनमै एमाले सरकारमा सामेल हुने नेताहरुले बताएका छन् । मन्त्रालय भागबन्डा लगायतको विषय टुंग्याउन दुवै दलका तीन तीन जना नेतालाई समेटेर कार्यदल पनि बनाइएको छ । सो कार्यदलको बैठक आज साँझ बस्नेछ ।

लुम्बिनीमा एमालेका आचार्य

गत साता लुम्बिनीले पनि नयाँ मुख्यमन्त्री पाईसकेको छ । जोखबहादुर महरा नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । दलका नेता लिला गिरीलाई पन्छाउँदै आचार्य मुख्यमन्त्री बनेका हुन् । उनको सरकारमा एमालेका ४ र कांग्रेसका ४ मन्त्री सहभागी छन् । थप एक मन्त्री कांग्रेसले पाउनेछ ।

कर्णालीमा कँडेलकै सरकार

कर्णाली प्रदेशमा तत्काल सत्ता फेरिनेछैन् । हाल मुख्यमन्त्री रहेका यामलाल कँडेलकै सरकारले निरन्तरता पाउनेछ समझदारी बनेको छ । सोही अनुसार आजमात्र कांग्रेस सरकारमा गएको छ । दोस्रो चरणमा कांग्रेसले सरकारको नेतृत्व लिने अनौपचारीक समझदारी जुटेको स्रोतको भनाइ छ ।

सुदूरमा दोहोरिँदै कांग्रेसका शाह

सुदूरपश्चिम प्रदेशले पनि आज नयाँ मुख्यमन्त्री पाउँदैछ । दिउँसो दाबी पेश गरेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आज मुख्यमन्त्री बन्नेछन् । उनको यो दोस्रो कार्यकाल हो । यसअघि उनी १४ महिना सुदूरको मुख्यमन्त्री बनेका थिए । उनकै नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१