अख्तियारको डरले १० शिक्षकद्वारा राजीनामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार १२:४१

विराटनगर २८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यता प्रमाणपत्र छानबिन गर्न थालेपछि जिल्ला शिक्षा कार्यालय मोरङमा १० जना शिक्षकले राजीनामा दिएका छन् । अरू ५० जना राजीनामा दिने तयारीमा छन् ।

जिल्ला शिक्षा कार्यालय मोरङ विद्यालय प्रशासनकी प्रमुख तारा शर्माले भारतमा पढेका १० जना शिक्षकले राजीनामा दिइसकेका छन् । भारतै आईए पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाइरहेका अरु ५० शिक्षकले राजीनामा दिने तयारीमा छन् ।

सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले भारतमा पढेका शिक्षकहरुको शैक्षिक योग्यताको प्रमाणपत्र संकलन गरिरहेको जानकारी दिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१