राजनीतिले भरिएको देशमा पूरा नभएको सपना र बेरोजगार जिवन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८१, बिहीबार ०५:४०

भनिन्छ दुख पछि सुख अवश्य आउनेछ तर भन्नुजति सजिलो छ त्यति नै गाह्राे भोग्नलाई छ ।
जीवन नै सङ्घर्ष हो भनेर नै लागिरहे तर पनि सपना पूरा नहुदा धेरै ठक्कर खाए तर पनि हिम्मत हारेकि छैन । कताबाट सुरु गरौ सम्झदा मन भक्कानिन्छ आतुरि लाग्छ,दुख लाग्छ।लाग्थ्यो मेरो जन्म एकदमै राम्रो र सम्पन्न देशमा भएको छ खुसि लाग्थ्यो ,सानैदेखि देशमै केही गर्छु भन्ने सोच्थे तर अझै सपना पूरा हनु सकेको छैन।
मेरो नाम बबिता थापा जन्मघर रिव्दिकोट ०७ बतासे पाल्पा । साधारण परिवारमा जन्म तर बाबाआमाले सन्तानकै लागि गर्नुभएको सङ्घर्ष देखेर असाध्यै खुसि लाग्थ्यो । कुनै चिजमा कमि नराखि सन्तान नै सबथोक भनेर लागिरहनुभयो ।मिहिनेत र सङ्घर्षले आझ डिग्रि पढ्ने भएकि छु ,गर्व लाग्छ गाउँमा मैलेजति पढेको मान्छे नभेटिदा तर अफसोच लाग्छ अहिलेको उमेरसम्म पढाईमात्रै जागिर गर्न नपाउँदा आफूले आफैलाई धिक्कार सम्झिन्छु ।कति सजिलो थियो है बालापन बाआमालाई रोईदिए हुने,पढ्छु भन्दै घुर्किदिए हुने तर के गर्नु अहिले आफैलाई लाज लाग्छ आफ्नै जीवन देखेर यत्तिका उमेरसम्म केही गर्न नसक्दा ,जिम्मेवारी काधमा आउदापनि आखाभरि आँसु लिएर दुनियाँको सामुहात जोड्दा पनि अपहेलित हुँदा ,योग्यताको कदर नहुदा र सबैसामु बेरोजगार भई हिड्नु पर्दा।
परिस्थिति बद्लियो हालात बद्लियो, अवस्था बद्लियो तर मेरो सपना पूरा नभएको र मैले देखेको सपना जहाको त्यहि रहेको देख्दा साह्रै नरमाइलो लाग्छ। खै के भनू सङ्घर्ष गरेकै छु लागिपरेकै छु तर कहि कतैबाट केही नहुदा जिन्दगी देखिनै टाढा गईदिन मन लाग्छ।
कस्तो देश हो यो यहाँ योग्यताको कदर छैन ,आफ्नैहो भन्नेको विश्वास छैन ,अब त केही होला है भन्दा ठक्कर खानुपरेको छ ,युवा देशमा छैनन्,विहान खाए साझ के खाने भन्नुपरेको छ , गाउँ सुनसान छ , युवा परदेश पस्ने ,सक्ने बजार बस्ने, नसक्ने वृद्द गाउँमा आखिर कहिले सम्म??
सपना सपनामै सिमित रहेको छ कहिले पूरा हुन्छ सपना खै कहिले हुन्छु म सफल ? धेरै हिडियो जिन्दगीको यात्रा देखियो सबै भोगियो सबै तर किन अहिलेसम्म सफल हुन सकेको छैन ?? के कमि थियो र मेरो सङ्घर्षमा आफुले गरेको मेहनतमा अर्कोले प्रश्न खडा गर्दाको पीडा राम्रोसँग भोगेकि छु। कहिलेकाही लाग्छ मेरो जिवनमा कहिले राम्रो हुदैन र?तर अर्को तरिकाले सोच्छु जिन्दगी हो यति भोगाइ त भोग्नुपर्छ नत्र जिन्दगीको परिभाषा कहाँ पूरा हुन्छर??दुख भएर नै त जिवन भनिएको हो नत्र त असफलताको परिभाषा कहाँ जानिन्थ्यो र ?? एकदिन अवस्य सफल हुनेछु बाबाको नाम र सपना रोशन गर्नेछु आमाको नामको गौरव बढाउनेछु भाइबहिनीको असल र सफल दिदी बन्नेछु।
गाह्राे छ नि है सबैलाई चित्त बुझाउन ,आँसु लुकाउन मुस्कुराएझै गरि अरुलाई देखाउन तर के गर्नु २ दिनको जिन्दगीमा सपना भने कति हो कति दुख त त्यति बेला लाग्यो योग्यताको कागज कागजमै सिमित रहदा, जब आफ्नैले घात गर्दा,हुन्छ भनेर बिचबाटोमै साथ छोड्दा र घात गर्दा। मेरो योग्यताको अनादर गरे सबैको सामु बेईज्जत गरे तर म पनि त्यसरि कहाँ कमजोर बन्न सक्छु र अब बाबा आमाले देखाएको सङ्घर्षको बाटोमा लागिरहन्छु ।कुनै दिन आउँछ मेरो पनि त्यो दिन अवश्य जवाफ दिनेछु।
जागिरको लागि धेरै यात्रा गरे, कठिन सङ्घर्ष गरे जहाँ असफल , असफलकै मैदानमा उत्रिनुपर्दा घरिघरि लाग्छ सफल भन्ने छैनकि मेरो जिवनमा ,होईन सम्झन्छु बाबाआमाको र मेरो श्रीमान् को सङ्घर्षको कदर र सपना पूरा गर्नेछु एकदिन ।
राजनीतिको खोल ओडेर बसेका समाजको वरिष्ठ भनाउदाको शिर झुक्नैपर्छ ,मेरो यात्रामा तगारो बनेकाहरुलाई जवाफले होइन कर्मले देखाउनु छ । हुन्छहुन्छ भनेर नभएर लाजमर्दो अनुहार लिएर फर्केको त्यो दिन कहिले विर्सने छैन ।परिवर्तन अरुबाट होइन आफैबाट गर्छु।आसा छ सबै भोगिरहदा अघि बढिरहदा कति पो सफल नबनुला र एकदिन । जती नै कठिन परिस्थिति आओस् हिम्मत हार्नेछैन । एकदिन सफल भएरै देखाउनेछु,अब मेरो यात्रा रोकिदैन ।
कुरा सबैको सुन्नुपर्छ , सङ्घर्ष आफूले गर्नुपर्छ निर्णय आफैले गर्नुपर्छ ,सङ्घर्ष आफूले गर्नुपर्छ ,निर्णय आफैले गर्नुपर्छ र लागिपर्नुपर्छ एकदिन अवश्य सफल भईनेछ ।।।

नाम=बबिता थापा(सन्ध्या)
रैनादेवी छहरा ०४ मगाल पाल्पा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१