घरमा कालो कमिलाको ताँतीले के संकेत गर्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८१, बुधबार ०६:३३

तपाईँले पक्कै पनि कमिला ताँती (लाइन) लागेर हिँडेको देख्नुभएको छ । कमिला फरकफरक प्रकार र रङ्गका हुने गर्दछन् ।

कमिला आफ्नो आहारा लिनका लागि समूहमा निस्कने गर्दछन् । त्यसबेला उनीहरु समूहमा लामवद्ध भएर हिँड्ने गर्दछन् ।

वास्तुशास्त्रले प्रकृतिमा भएका कतिपय प्रक्रिया र वस्तुलाई सकारात्मक र कतिपयलाई नकारात्मक उर्जाको प्रतीक मान्ने गरेको छ ।

घरमा कालो कमिलाको ताँती लाग्नुलाई वास्तुशास्त्रले के भन्छ ? आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

वास्तुशास्त्रका अनुसार घरमा कालो कमिलाको प्रवेश वा उपस्थिति हुनुलाई शुभ संकेत मानिन्छ ।

जुन घरमा कालो कमिलाको ताँती प्रवेश गर्छ सो घरमा सुख शान्ति छाउने वास्तुशास्त्रमा वर्णन गरिएको छ ।

कमिलालाई रोटी अथवा चिनी खुवाउँनु निकै शुभ मानिन्छ । कमिलाई चामलको रोटीमा शख्खर मिसाएर खान दिदा भाग्योदय हुन्छ र परिवारमा शान्ति मिल्छ ।

यदी हरेक काममा उल्झन आईरहेको छ भने कमिलालाई चिनीमा नरिवलको धुलो मिलाएर खुवाउनुपर्छ । यस्तै बदामको धुलोमा चिनी मिसाएर दिदा तनाव हट्ने र ब्यापार ब्यवसायमा प्रगती हुने बताईन्छ ।

तर रातो कमिला लाम लागेर घरमा प्रवेश गरेमा भने त्यसले अशुभ फल दिने उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१