मुख्यमन्त्री लामाले पाए विश्वासको मत, पक्षमा ६४ र विपक्षमा ३५ मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८१, बुधबार ०६:०४

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको पाएका छन् । आज (मंगलबार) मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् । विश्वासको मतको पक्षमा ६४ र विपक्षमा ३५ मत परेको छ ।

नेपाली कांग्रेसका २७ र एमालेका २७ सांसदले लामालाई विश्वासको मत दिएका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

विश्वासको मत लिँदा नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो भने दुई सिट भएको हाम्रो नेपाली पार्टीले बैठक नै बहिस्कार गरेको थियो । लामा गत साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१