देशले संघीयता धान्न सक्दैन खारेज गर्नुपर्छ :- कमल थापा 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८१, बुधबार ०५:५८
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।  दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे । पार्टीको काठमाडौं -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद,समाजबाद र पुँजिवादको बिकल्प जरुरी भएको बताए । नयाँ बैचारिक दर्शनको आबश्यकता भएकोले सम्बर्द्धनबादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो ।  काङ्ग्रेस,एमाले,माओवादीको बिकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बिचमा जान ढिलाई गर्न नहुने र शसक्त राप्रपा नेपाल आजको आबश्यकता भएको समेत बताए ।
बिदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक ब्यबस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे । प्रशिक्षणमा डाक्टर बिष्णु भण्डारी , राजाराम बर्तौला “चुनेली” ,राजकुमार खड्का र उज्वल पोखरेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१