बुढानीलकण्ठ नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८१, मंगलवार ०७:४३

काठमाडौं।  बुढानीलकण्ठ  नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरण समावेश गरेको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरू समेटेको छ ।

तथ्यमा आधारित नीति तर्जुमाको सिद्धान्तलाई आत्मसात गर्न र तथ्यांकद्वारा निर्देशित निर्णयशिलतालाई कार्यान्वयन गर्न आर्थिक सर्वेक्षण एक अपरिहार्य औजार भएकोले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनासम्ममा नगरपालिकाको समष्टिगत आर्थिक सूचकहरु, राजस्व परिचालन र खर्च व्यवस्थापनको अवस्था र सोही अवधिसम्मका आर्थिक सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरी आर्थिक सर्वेक्षण २०८०/८१ प्रकाशन गरिएको योजना महाशाखाले बताएको छ ।

अर्थतन्त्रका विभिन्न पक्षहरू र महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरूको कार्यान्वयनबाट हासिल भएका उपलब्धिहरूको विश्लेषणात्मक समीक्षा गरी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण तयार पारिएको र सर्वेक्षणमा आर्थिक तथा सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेका कार्यक्रमहरूलाई समेटी  नगरपालिकाको विकासमा पार्ने प्रभाव र प्रवृत्तिको विश्लेषण गरिएको उल्लेख गरिएको छ ।

नगरपालिकाको आर्थिक सामाजिक अवस्था चित्रण गर्ने दस्तावेजको रूपमा रहेको आर्थिक सर्वेक्षण नगरपालिकाको वार्षिक बजेट पेश गर्नु अगावै सर्वसाधारणको जानकारीको लगि प्रकाशित गर्नुपर्ने कानूनी दायित्व रहेकोले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले  जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१