ओलम्पिक्स खेलमा सहभागी हुन बुढानीलकण्ठकी सन्तोषी श्रेष्ठ पेरिस जाँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८१, मंगलवार ०७:१०

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाकी सन्तोषी श्रेष्ठ नेपाल तथा यस नगरपालिकाको प्रतिनिधित्व गर्दै पेरिसमा आयोजना भइरहेको ओलम्पिक्स खेलमा सहभागी हुन लागेको छिन ।

पेरिसमा आयोजना भइरहेको ओलम्पिक्स खेलमा नेपालको प्रतिनिधित्व गर्ने श्रेष्ठलाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतद्वारा नेपालको झण्डा र बुढानीलकण्ठ नगपालिकाकाे झण्डा प्रदान गरी बधाई, बिधाई एवं शुभकामना प्रदान गरिएको छ।

सन् १९९६ पश्चात् करिव २८ वर्ष पश्चात् उहाँ नेपालको तर्फबाट तेस्रो महिला खेलाडी हुनुहुन्छ जो ओलम्पिक्स खेलमा सहभागी छनोट हुनुभएको छ । श्रेष्ठ लगायत विभिन्न देशहरुबाट छनोट हुनुभएका करिव ९७ जना एथलेटिक्स खेलाडिहरु सहभागी रहनुहुनेछ।

खेलाडी श्रेष्ठसँगै खेलकुद परिषदबाट एक प्रतिनिधी र अरु एक प्रतिनिधी समेत भोलि पेरिस प्रस्थान हुने श्रेष्ठले बताउनु भएको छ। खेल २०८१ श्रावण २७, आईतबार (2024 August 11) मा रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१