कायममुकायम प्रधानसेनापतिको जिम्मा अशोक सिग्देललाई दिने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०८१, मंगलवार ०५:१८

काठमाडौं ।  सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेकाे हो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै छन् ।

परम्पराअनुसार शर्मा अवकास पाउनु भन्दा एक महिना अगाडि साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१