एमालेमा ‘सेल्फी’ संस्कृति मौलायो : पूर्वमन्त्री पोखरेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८१, सोमबार ०६:२३

काठमाडौँ ।  नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टीमा नीति र नेतृत्वलाई खुइल्याउने क्रम बढेको टिप्पणी गरेका छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा नेता पोखरेलले कमिटीमा जान मरिहत्ते गर्ने, तर काम नगर्ने संस्कृति पार्टीमा मौलाएको बताए। कमिटीमा आबद्ध रहेकाहरू संगठन निर्माणभन्दा पनि सेल्फी खिच्ने कार्यमा बढी संलग्न रहेको उनको भनाइ थियो।

पोखरेलले भने, ‘एमालेका नेता–कार्यकर्ता तथा सदस्यले हाल बुझ्ने पार्टी काम भनेको कमिटीमा आउन मरिहत्ते गर्ने, बैठकमा जाने, उपस्थिति जनाउने, सेल्फी खिच्ने, पोस्ट गर्ने, मुस्किलले पार्टी सदस्यता नवीकरण गर्ने, कतिपय अवस्थामा पार्टी नीति र नेतृत्वलाई खुइल्याउनेजस्ता काम भएको अनुभूति भएको छ।’

उनले पार्टीमा संगठित नेता तथा कार्यकर्ता राजनीतिक, वैचारिक, सांगठनिक, आर्थिकजस्ता गतिविधिमा लाग्नु आवश्यक रहेको बताए। संघ, प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई मात्रै परिचालन गर्न सके पनि पार्टी सदृढ हुन मद्दत पुग्ने उनको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१