नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिःराजदूत पौड्याल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८१, सोमबार ०५:४९

क्यानडा । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानडाको क्याल्गेरीमा ‘समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोग’बारे अन्तर्क्रिया गरेको छ । गत शुक्रबार भएको अन्तर्क्रियाका सहभागीले प्रविधिको विकाससँगै पत्रकारिता गर्ने माध्यम फेरिँदा त्यसले अवसर र चुनौति थपेको बताउँदै सामुदायिक पत्रकारिताको विकासका लागि समुदायले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनीहरुले सामुदायिक पत्रकारिता गर्न गाह्रो रहे पनि समयसँगै सामुदायिक पत्रकारिता व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल बाहिर बढिरहेको नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्ति भएको बताउँदै डायस्पोरा बलियो, समृद्ध र एकताबद्व हुँदा नेपाललाई सदैव फाइदा पुग्ने तर्फ सबैको ध्यानाकर्षण गरे । राजदूत पौड्यालले नेपाली डायस्पोराको एउटा बलियो आधार सामुदायिक पत्रकारिता भएकाले यसलाई जोगाउनु सबैको जिम्मेवारी भएको पनि बताए ।
विषय विज्ञका रुपमा धारणा राख्दै रुपमायुनिभर्सिटी अफ ओट्टावाका प्राध्यापक डा. भानुभक्त आचार्यले समुदायसँग सरोकार राख्ने र समुदायलाई सूचना दिने सामग्रीहरू सामुदायिक पत्रकारिताले उठाउनुपर्ने बताए । आचार्यले ‘न्युज मिडिया’ र ‘सोसल मिडिया’ बीच फरक छ भन्ने बुझ्नु आवश्यक रहेको भन्दै समुदायले पनि पत्रकारिता र प्रचारकारिताबीचको फरक थाहा पाई पत्रकारिताको विकासमा योगदान दिनुपर्नेमा जोड दिए ।

नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाले समुदायलाई आवश्यक पर्ने सूचना एवं विषयवस्तुलाई नियमित रुपमा भर्चुअल माध्यममार्फत आमसमुदायबीच प्रवाह गर्ने बताए । अध्यक्ष भण्डारीले नेजामा उत्तर अमेरिकामा बस्ने नेपाली पत्रकारहरूको संलग्नता रहेकोले सबैले हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट समाजसेवा गर्न सबै पत्रकारलाई आग्रह गरे ।

नेजाका महासचिव बाबुराम दाहालले संचालन गरेको कार्यक्रममा एनआरएनए, क्यानाडाका अध्यक्ष माधव दुलाल, पूर्वअध्यक्ष विनोद केसी, दीपक गौतम, सम्राट थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डेय, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष प्रकाश बस्याल, पूर्वअध्यक्ष श्रीकान्त अर्याल, उपाध्यक्ष सूर्य अधिकारी, क्याल्गेरी नेप्लिज कम्युनिटी एसोसिसएसनका पूर्वअध्यक्ष दिनेश घिमिरेले धारणा राखेका थिए ।

यस्तै अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष समीर पाण्डे, उपाध्यक्ष दिवस ढकाल, गुल्मेली समाज क्याल्गेरीका अध्यक्ष राजेन्द्र गौतम, नेवा सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष हेमन्त महर्जन, सामाजिक अभियन्ताहरू राजेन्द्र पोखरेल, अनन्त आचार्य, शर्मिला रानाभाट, जानुका अर्याल, स्पन्दना आचार्य, बबिता अधिकारी, छवि अर्याल, विकास ढकाल, जगदीश चापागाईं, नरेश पोखरेल, सुमन चौलागाईं,राजीव शर्मा, विश्व भण्डारी, डम्बर सिन्च्युरी, विष्णु बजगाईं, टेक क्षेत्रीले समुदायको तर्फबाट विचार व्यक्त गरेका थिए ।

नेजाका क्यानाडा संयोजक गोकर्ण लामिछाने र सदस्य प्रकाश क्षेत्रीको संयोजनमा भएको कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहर बालमुकुन्द नेपाल, उमा ढकाल, सोमेश बर्मा, प्रमोश पोखरेल, एसपी गौतम, नरेश पोखरेल, कुसुम ज्ञवाली, युवराज पौड्यालले धारणा राखेका नेपाल अमेरिका पत्रकार संघ नेजाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१