बुढानीलकण्ठ नगरपालिकामा आ.व. २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०८१, आईतवार ०६:१०

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, सम्पुर्ण वडाका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगरपालिका महाशाखा\शाखा प्रमुख, वडा सचिव लगायत नगरपालिका विज्ञ रोष्टरका सदस्यहरुको उपस्थितिमा श्रावण ११ र १२ गते नगर सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम आयोजनाको समन्वय नगरपालिका योजना अनुगमन तथा मुल्यङ्कन महाशाखाले गरेको थियो ।

पहिलो दिन नगर प्रशासकीय अधिकृत तुल्सीराम अर्यालबाट स्वागत मन्तव्य मार्फत कार्यक्रमको आवश्यक्ता, औचित्य र उपदयेताबारे प्रष्ट पार्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । २ दिने समिक्षा कार्यक्रममा वडा कार्यलय तथा नगरपालिका महाशाखा\शाखाहरुको प्रगति विवरण सम्बन्धी प्रस्तुतिकरण तथा छलफल भएको थियो । कार्यक्रममा वार्षिक प्रगति समीक्षा तथा चालु आ.व. को नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठी सञ्चालन भएको सूचना अधिकृत केदार प्रसाद खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्पुर्ण वडा तथा महाशाखा\शाखा बाट वार्षिक गती विवरणको प्रस्तुतिकरण भएका थिए । वडा तथा महाशाखा\शाखा बाट भएको प्रस्तुतिकरणको क्रममा सम्बन्धीत वडा कार्यलयका वडा अध्यक्ष र वडा सचिवले संयुक्त प्रस्तुतिकरण दिनुभएको थियो । जसमा राजश्व, घटना दर्ता, भौतिक पुर्वाधार लगायत समाजिक विकासमा भएका प्रगति विवरणहरु प्रस्तुत भएका थिए । विवरणको तथ्याङ्क अनुसार वडाहरुको राजश्व उठ्ने दर वृद्धि भएको छ । साथै, वडा स्तरीय योजनाहरु सम्झौता भए अनुसार अधिकांश रुपमा सम्पन्न भएको विवरण पेश गरिएको थियो । महाशाखा\शाखाबाट सम्बन्धीत कार्यालयको प्रमुखहरुले प्रगती विवरण तथ्याङ्क सहितका विवरण, सेवा प्रवाहमा हुने चुनौति लगायत चालु र आगामी वर्षमा गरीने योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीहरु विचको समन्वय र सहकार्यबाटनै नगर विकास सम्भव भएकाले सबै पक्षका प्रगती र विवरणहरुको नियमित समिक्षा गर्दै सुधारका पक्षहरु मुल्याङ्कन गर्न जरुरी रहेको बताउनुभयो ।

नगर विकास र सेवा प्रवाहमा चुनौती र अवसर दुवै भएको अवस्थामा कामहरु कार्यान्वयन गर्दा नगरवासि, वडा तथा प्रशासनिक कर्मचारिहरुले विश्वास गरी साथ र सहयोग गर्नुभएकोमा धन्यबाद दिनु भएको थियो । यस समिक्षाबाट नगरपालिकाको हालको स्थिति मुल्याङ्कन हुने भएकोले यसै गोष्ठिबाट आएका प्रगति र चुनौति अनुसार आवश्यक अवसरहरु उत्पादन गर्न सबै निकाय माझ प्रमुख अधिकारीले अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख अनिता लामाले प्रस्तुतिकरणहरु उत्कृष्ठ रहेको बताँउदै समबन्धीत कार्यालयहरुबाट सम्पादन भएका कयोजना तथा कार्यक्रमहरुको उच्च मुल्याङ्कन भएको जानकारी दिनुभयो । नगरपालिकाको आगामि दिनहरुमा सम्पादन गरिने कार्यहरुको सुरुवात गर्नु अघि विगतमा सञ्चालन भएका योजना र कार्यक्रमहरुको अनुसन्धानत्मक समिक्षा जरुरी रहेकोले यस कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१