किन आकर्षित हुन्छन् युवाहरु विवाहित युवतीसँग ? यस्ता छन् कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८१, शनिबार ०६:२१

काठमाण्डौं । हिजोआज धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । अविवाहितभन्दा विवाहित युवतीतर्फको आकर्षण बढेको एक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा यसको पछिको कारण पनि बताइएको छ । आखिर पुरुषलाई विवाह गरेको युवती अविवाहित युवतीको तुलनामा किन आकर्षक लाग्छ ? उक्त अनुसन्धानले निम्न तथ्य पत्ता लगाएको छ।

आत्मविश्वास

विवाह गरेका युवती विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा विवाहित युवतीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित युवतीले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छिन् भन्ने लाग्छ ।

हेरचाह

विवाह गरेका युवतीले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । युवालाई यस्तो हेरचाह विशेष मन पर्छ । यही कारण पनि विवाहित युवतीतर्फको आकर्षण बढेको हो ।

हर्मोनमा आएको परिवर्तन

विवाहपछि युवतीको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । युवतीमा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

स्वभाव

विवाह गरेकी युवतीले घर र समाजको सबै व्यवहारलाई सही ढंगबाट व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । गोपनीयतामा पनि विवाहित युवती बढी संवेदनशील हुन्छन् । यसै कारण युवाहरु विवाहित युवतीतर्फ आकर्षित भएको अध्ययनको निष्कर्ष छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१