भुटानमा तेस्रो सन्तान जन्माउने आमालाई तीन वर्षसम्म सरकारले पैसा दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८१, शनिबार ०६:१४

थिम्पु ।  भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ । सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ ।

भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् । न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लागि नयाँ कार्यक्रम ल्याउन लागिएको जनाइएको छ ।

भुटानको प्रजनन् दर निकै घटेको मानिएको छ । सन् १९७१ मा प्रति महिला ६ दशमलब ६ जन्मदर रहेकोमा २०२३मा यो दर १ दशमलब ८६६ पुगेको जनाइएको छ । सन् २०२२को गणना अनुसार भुटानको जनसंख्या ७ लाख ८२ हजार ४५५ छ । (क्युन्सेल)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१