प्रधानमन्त्री ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०८१, शनिबार ०५:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा युवा नेता किरण पौडेललाई नियुक्त गरेका छन् । एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई आजैबाट लागु हुनेगरि सो जिम्मेवारी प्रदान गरिएको हो ।

युवा पुस्ताका लोकप्रिय नेता पौडेल गत ०७९ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा थिए । उनी पार्टीको संगठन निर्माणदेखि समाजसेवामा सक्रिय भूमिका खेल्ने युवा नेताको रुपमा परिचित छन् । हालै जाजरकोटमा केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको बेला उद्धार तथा राहत कार्यमा खटेका थिए ।

यस्तै, पीडित परिवारको अस्थायी बसोबासको लागि पनि उनको नेतृत्वमा युवाहरुको ठूलो टिम परिचालित थियो । पौडेलले जाजरकोट भूकम्पमा निर्वाह गरेको भूमिकाको अध्यक्ष ओलीबाट सार्वजनिक रुपमै प्रशंसा भएको थियो ।

अहिले प्रधानमन्त्रीको टिममा रहेर काम सुरु गर्न लागेका युवा नेता पौडेलको नियुक्तीलाई लिएर एमालेमात्रै नभएर देशभरिका युवा पँक्तिमा खुशियाली छाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१