गोकर्णेश्वर नगरपमलिका सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८१, शुक्रबार ०६:४५

काठमाडौं । गोकर्णेश्वर नगरपमलिका ४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्ट आईडी कार्ड (Smart ID Card) शुरु भएको छ ।  कक्षा ६ देखि १२ सम्मका करिब ४०० जना विद्यार्थीहरूलाई स्मार्ट आईडी कार्ड वितरण गरिएको वडा अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई पनि अर्को चरणमा स्मार्ट आईडी कार्ड दिइनेछ । स्मार्ट आईडी कार्डबाट आफ्ना बालबालिकाहरूको बारेमा अभिभावकले जानकारी लिन मिल्ने प्रविधि रहेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै नगर प्रमुख दिपक रिसालले स्मार्ट आइडी कार्ड नगरपालिकामा अन्य विद्यालय तथा अन्य क्षेत्रमा समेत लागू गर्दै जाने बताउनुभयो । उपप्रमुख सान्नानी लामाले शिक्षाको क्षेत्रमा आधुनिक प्रविधि प्रयोगले विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका, विद्यार्थी, अविभावक सबैका लागि सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर वृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

गोकणेश्वर न.पा.का नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा उपप्रमुख सान्नानी लामा, वडा अध्यक्ष जयराम महतको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सो कार्डको सुरुवात गरियो । कार्डबाट अविभावकले बालबालिका कतिबेला स्कूल पुगे, कतिबेला स्कूलबाट निस्किए, महिनाभरि कति दिन हाजिर भए जस्ता जानकारि लिन सक्नेछन् । कार्यक्रममा विद्यार्थी, शिक्षक शिक्षका लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१