ग्लोबल आईएमई बैंकको सीईओमा रेग्मी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८१, शुक्रबार ०६:२७

काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । १० साउन बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन् ।

बैंकिङ क्षेत्रमा रेग्मीको ३ दशकभन्दा लामो अनुभव छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । बैंकको क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेको अनुभव रेग्मीसँग छ । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए । त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका छन् ।

पछिल्लो १६ वर्षयता रेग्मी ग्लोबल आईएमई बैंकमा कार्यरत छन् । उनले ग्लोबल आईएमई बैंकमा नायब प्रबन्धकबाट २०६५ मा सेवा सुरु गरेका थिए । तीन वर्षअघि बैंक सञ्चालक समितिले रेग्मीलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । त्यसअघि १३ वर्षसम्म उनले बैंकका विभिन्न विभागमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१