त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि हुबहु प्रश्नपत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८१, शुक्रबार ०६:०७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो ।

नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेले डीन कार्यालयको बद्मासीले प्रश्नपत्र दोहोरिन पुगेको बताए । ‘डीन कार्यालयले बद्मासी गरेर त्यस्तो भएको हो । हामीले दुई सेट प्रश्नपत्र बनाएर दिएका थियौं उनीहरुले प्रिन्ट गर्दा पुरानो गरेछन्’, उनले भने ।

सहायक डिन किरण आचार्यलाई कसरी यस्तो भयो भनेर प्रश्न गर्दा कर्मचारीको गल्तीले यस्तो भएको भन्दै माफी मागेको न्यौपानेले बताए । करिब डेढ घण्टासम्म पनि डिन कार्यालयले प्रश्नपत्र दोहोरिएको विषय उपकुलपति र रजिस्ट्रारलाई जानकारी नगराएको पाएपछि आफैैंले जानकारी गराएर छानबिन गर्न अनुरो गरेको न्यौपानेले बताए । विभागले दुई सेट प्रश्नपत्र बनाई ‘मोडरेटर’ हरुको हस्ताक्षर सहित लाहछाप गरेर पठाउँदा पनि पुरानै प्रश्नपत्र दोहोरिएपछि फोन गरेर बुझ्दा कर्मचारीमाथि आक्षेप लगाएर उम्कन खोजेको उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१