चलचित्र विकास बोर्डबाट बिदा भए भुवन केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८१, शुक्रबार ०५:५०

काठमाडौं ।  चलचित्र विकास बोर्डको अध्यक्षबाट नायक भुवन केसी बिदा भएका छन् । दुई वर्षे कार्यकाल सकिसँगै उनी बिहीबार औपचारिकरुपमा बोर्डबाट बिदा भएका हुन् । उनको कार्यकाल साउन ९ गते पूरा भएको हो ।

बोर्डले एक कार्यक्रमको आयोजना गरी केसीलाई बिदाई गरेको हो । बिदाइ कार्यक्रममा फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति थियो ।

बिदाई हुँदै गर्दा केसीले आफ्नो कार्यकालमा थालनी र सम्पन्न भएको कामहरु सुनाएका थिए । बोर्डले आफ्नो कार्यकालमा नीतिगत, कानुनी र संरचनात्मक उपलब्धि पनि हासिल गरेको उनको दाबी थियो ।

बोर्डबाट बिदा भए फिल्मको विकास र विस्तारमा सधै लागि पर्ने उनले प्रतिबद्धता जनाए । तर उनी बिदाई हुँदै गर्दा सरकार प्रति खरो टिप्पणी गरे ।

उनले भने, ‘निर्माताहरुले घर बेचेर फिल्म क्षेत्रलाई यहाँसम्म ल्याए । सरकारले यो क्षेत्रका लागि केही गरेको छैन । यस क्षेत्रलाई प्राथिमकतामा राखेर काम गर्न हामीले कति आग्रह गर्यौं । सरकार सुन्छ तर कार्यान्वनमा फितलो छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१