काठमाण्डौ क्षेत्र नं ३ (२ ) बाट निर्वाचित विमल ठकुरी बने बागमती प्रदेस सकारको मन्त्रि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८१, शुक्रबार ०५:२६

काठमाडौं । काठमाण्डौ निर्वाचन क्षेत्र नं ३ ( २ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य बिमल ठकुरी मन्त्रि बनेका छन। ठकुरीलाई बागमती प्रदेस सरकारमा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

स्व. चक्र बहादुर ठकुरीका सुपुत्र बिमल ठकुरी लामो समय देखि राजनीति संगै सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन । प्रदेशमा पराजित भए संगै नेपाली कांग्रेसको संगठन निर्माणमा केन्द्रित बनेका ठकुरी युवा माझ लोकप्रिय मानिन्छन ।

राजनीतिलाइ पेशाको रुपमा नभई सेवाको रूपमा लिएर जनताका काममा निरन्तर लाग्ने र नगरको विकास तथा समृद्दिका लागि सम्बन्धित निकायहरू सँगको सहकार्यमा काम गर्ने योजना बनाएको बताएका छन ।

२०७४ सालको बागमती प्रदेश सभा बागमती प्रदेशका पुर्व मन्त्रि रामेश्वर फुयाल संग झिनो मतले पराजित ठकुरीले २०७९ सालमा भएको निर्वाचनमा उनै फुँयाललाई पराजित गरेर प्रदेस सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१