कर्मचारीलाई ५ हजार घुसदिएको बताएका सांसद महतोलाई कारवाही गर्न माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०८१, बिहीबार ०६:५३

काठमाडौं ।  छोराको समकक्षता पत्र लिँदा सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् पाँच हजार रुपैयाँ घुस दिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहवर अन्सारीले महतोलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै बुधबार समितिमा निवदेन दिएका हुन् ।

पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए । महतोको अभिव्यक्तिपछि छानबिन गर्न शिक्षा मन्त्रालयले पनि समिति बनाएको छ ।

गृहमन्त्री रमेश लेखकले पनि यस घटनाबारे पूर्वमन्त्री महतोसँग पनि जानकारी लिइएको र थप अनुसन्धान गर्न प्रहरीलाई भनिएको बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१