उपसभामुख रानालाई कारवाही गर्न सांसदहरूकाे माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०८१, बिहीबार ०६:५१

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले गैरसांसदलाई अमेरिकाको भिसाका लागि सिफारिस गरेको दाबी गर्दै परेको उजुरीबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधवार छलफल भएको छ ।

समितिको बैठकमा सांसदहरूले पदीय मर्यादा भुलेर भिसा सिफारिस गरेकाले रानालाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
समिति सदस्य वासुदेव घिमिरेले उपसभामुख रानासँग जोडिएको प्रकरणमा नेपाली व्यक्ति अमेरिका पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएकाले गम्भीर रूपमा छलफल हुनुपर्नेमा जोड दिए ।

अर्की सदस्य ईश्वरी न्यौपानेले उपसभामुखले लेटरहेड दुरुपयोग गरेको तर्क गरिन् । ‘उपसभामुखले एकजना सहयोगी, ४ जना चिन्दिन भन्नुभयो । सहयोगी पनि रहेनछ । संस्थामा काम गर्ने व्यक्ति भन्नुभयो त्यो पनि हैन रहेछ’ उनले भनिन् ।

न्यौपानेले रानामगर विरुद्ध उनकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा ९ लाख लेनदेन भएको भनेर उजुरी परेको विवरण सार्वजनिक भएको तर सामसुम पारिएको बताइन् ।

‘यसको छानबिन हुनुपर्छ । विश्वमा नेपालको देशको उपसभामुख मानव बेचबिखनमा संलग्न भन्ने आरोप नलागोस्, नपरोस् । उहाँको छानबिन हुनुपर्छ । दोषी वा निर्दोष छुट्टाउनु पर्छ, स्पष्ट पार्नुपर्छ’ उनले भनिन् ।
समिति सदस्य ओनसरी घर्तीले उपसभामुखबारे आएको उजुरीको यथार्थ छुट्टाउन छानबिन प्रक्रिया अघि बढाउन माग गरिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१