टोखामा जमिन भासिएर घरहरु सरेपछि विपद व्यवस्थापन प्राधिकरणको टोली र काठमाडौंको सिडिओ निरिक्षणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०८१, बिहीबार ०६:३८

काठमाडौं । टोखा ११ को बनदेवि मार्गमा जमिन भासिएर ७–८ घरहरु बगेपछि  राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुखसहित प्राविधिकहरु र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र जिल्ला प्रहरि परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेको टिमले निरिक्षण गरेका छन् ।

स्थानीयले नगरपालिकामा खबर गर्ने वित्तिकै नगरपालिकाबाट नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्ष घनश्याम खड्का सहित वडाका जनप्रतिनिधिहरु र प्राविधिकहरुले निरिक्षण गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयलाई पत्राचार गरेका थियो ।

निरिक्षण कार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जितेन्द्र बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, इन्जिनियर अर्जुनकुमार बम सहितका प्राविधिकहरु, जिल्ला प्रहरि परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेसहितको नेपाल प्रहरिको टिम, राष्ट्रिय अनुसन्धान काठमाडौका विकास पाण्डे, नेपाली सेना नरसिंह दल गणबाट प्रमुख सेनानी गणेश खड्काको टिम, सशस्त्र प्रहरि बल काठमाडौंबाट शैलेस श्रेष्ठको टिम, टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडा नं. ८ का वडाअध्यक्ष रमेश खत्री र वडा नं. ११ वडाअध्यक्ष घनश्याम खड्का लगायत वडासदस्यहरु, नगर प्रहरिको टिम र स्थानीयबासीको बाक्लो सहभागिता रहेको थियो ।

फिल्ड निरिक्षणपछि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जोखिम भएका घरहरुको एरियामा प्राविधिक खटाएर काम सुरु गर्ने र त्यसका लागि नगरपालिकाले सहजिकरण गर्नुपर्ने बताएका छन् ।

पोखरेलले भनेका छन् – पहिलो चरणमा जोखिम भएको क्षेत्रको ड्रोन म्यापिङबाट घरको नक्साङकन गर्ने । पानीका मुल भएका ठाउँहरुमा इनार खन्ने, ढलहरु बन्द गर्ने, वरपरका डिप बोरिङहरुको अवस्था बुझ्ने, पानीका मुलहरुको पानी बाहिर निकाल्ने, जोखिम भएका जमिनहरुको अवस्था बुझ्न समस्या भएको क्षेत्रफल निर्धारण गरेर एक्स–रे (जिओफिजिकल इआरटी टेष्टिङ गर्ने ।

त्यस्तै पोखरेलकाअनुसार – जोखिम भएका घरहरुको मुनी पानी जमेको वा भ्वाङ परेको हुन सक्ने बताएका छन् । तत्काल जोखिम न्यूनिकरणका लागि मुहान भएका ठाउँहरुमा स–साना इनार खन्नुपर्ने बताएका छन् । जोखिम भएका घरहरुबाट तत्काल मानिसहरुलाई सार्नुपर्ने अवस्था छैन तर भूकम्पीए जोखिम भने रहन्छ ।

काठमाडौं क्षेत्र नं. ६ का संघीय सांसद् शिशिर खनालले जोखिम भएको ठाउँमा तत्काल जोखिम न्यूनिकरणका लागि तत्कालै स्थानीय सरकार र संघीय सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् । खनालले आजै जोखिम भएका घरहरुको निरिक्षण गरेर आवश्यक पहलकदमी गर्ने फरकपत्र डटकमसँग बताउनुभएको छ ।

त्यस्तै टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले नगरको प्राविधिक टिम र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिकहरुको टिम मिलेर आजैदेखि जोखिम न्यूनिकरणका लागि कार्य अगाडी बढाउने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१