दिमागलाई कमजोर पार्नसक्ने ६ गल्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८१, बुधबार ०६:२७

तन र मनलाई नियन्त्रण गर्ने केन्द्र हो मस्तिष्क । शरीरको कार्य सञ्चालन र भावनामा मस्तिष्क अर्थात् दिमागको भूमिका हुन्छ । हामी के सोच्छौं, के महसुस गछौं, दैनिक घटिरहेको समयलाई कति याद गर्छौं ? कसरी हिंड्ने र बोल्ने ? यी सबै दिमागमै नियन्त्रणमा हुन्छ ।

दिमागले राम्रोसँग काम गर्न यसको स्वस्थतामा पनि ध्यान पुर्‍याउनुपर्छ । दमागमा कुनै चोटपटक लागेर मात्रै अस्वस्थ हुँदैन । कहिलेकाहीं अञ्जानमा आफ्नै सानातिना व्यवहार र आनाबानीले पनि दिमागलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा हानि पुर्‍याइरहेको हुन्छ ।

मस्तिष्कलाई हानि गर्ने केही बानी

अनिद्रा

निद्राको कमी दिमागको लागि हानिकारक हुनसक्छ । जब दैनिकजसो हामी पर्याप्त निद्रा लिन सक्दैनौं, तब हाम्रो दिमागले सही ढंगले काम गर्न सक्दैन । फलस्वरुप, कुनै कुरामा ध्यान केन्द्रित गर्न, स्मरण गर्नेदेखि बौद्धिक क्षमतामा कमी आउन सक्छ ।

लामो समयसम्म निद्राको कमीले डिप्रेसन, एन्जाइटी र अन्य मानसिक समस्या हुनसक्छ ।

अस्वस्थ खानपान

स्वस्थ सन्तुलित खानेकुराले दिमागलाई राम्रोसँग सोच्न, एकाग्र हुन, चनाखो हुन र काममा फूर्तिलो अनुभव गराउँछ । यस्तोमा खानेकुरा स्वस्थकर भएन, समयमा खाइएन भने थकान, अल्छीपन, एकाग्रतामा कमी, ढिलासुस्ती हुनसक्छ ।

अस्वस्थकर खानेकुरा जस्तै, अत्यधिक चिनी, बजारिया प्रशोधित खानेकुरा, अत्यधिक बोसो भएका खानेकुरा दिमागको लागि स्वस्थकर मानिंदैन । दिनहुँ यस्ता खानेकुरा खाएमा दिमागको कार्यक्षमतामा प्रभाव पर्छ ।

तनाव लिनु

हरेक कुरालाई लिएर तनाव लिइराख्नु पनि मस्तिष्कको लागि खराब सावित हुनसक्छ । लगातार तनावमा रहँदा मस्तिष्कबाट कोर्टिसोल जस्ता तनाव हर्मोनको उत्पादनलाई बढाइदिन्छ । कोर्टिसोलको बढी उत्पादनले मस्तिष्कको कोषलाई हानि पुर्‍याउन सक्छ ।

जसले स्मरण क्षमतामा कमी ल्याउने, निर्णय लिने क्षमतामा ह्रास आउने र मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

शारीरिक गतिविधिमा कमी

शारीरिक गतिविधिमा कमी हुँदा पनि मस्तिष्कमा प्रभाव पार्न सक्छ । दैनिक व्यायाम गर्दा दिमागको रक्तसञ्चार प्रवाहलाई बढाउँछ । दिमागको कार्य क्षमतामा सुधार आउँछ ।

यदि शारीरिक सक्रियता घट्दै गयो भने यसबाट दिमागको कार्यक्षमतामा पनि कमी आउँछ । जसकारण दिमागसम्बन्धी समस्या ल्याउन सक्छ ।

स्क्रिन टाइम बढी हुनु

धेरै भन्दा धेरै समय मोबाइल, ल्यापटप, कम्प्युटरको प्रयोग दिमागका लागि हानिकारक हुन्छ । यसले आँखालाई मात्र समस्या दिंदैन, ध्यान केन्द्रित गर्ने क्षमतालाई पनि प्रभावित पार्न सक्छ । यसबाहेक त्यसबाट आउने नीलो किरणले निद्राको गुणस्तरलाई पनि प्रभावित गर्न सक्छ ।

दिमागलाई स्वस्थ राख्न यी बानीबाट बच्न जरुरी छ । सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित व्यायाम र तनाव नियन्त्रण गर्ने उपाय अपनाएर दिमागलाई स्वस्थ राख्न सकिन्छ ।

धुम्रपान

धुम्रपानले जीवनलाई छोट्याउने मात्र होइन, कमजोर बनाउँछ । म्याकगिल युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार धुम्रपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सिधा असर गर्छ । जसकारण स्मरण शक्तिमा कमी आउँछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१