हत्या आरोपमा राजधानीको गोकर्णेश्वरबाट मानवीर तामाङ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८१, बुधबार ०६:१०

काठमाडौँ । हत्यामा संलग्न आरोपमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–९ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २७ वर्षीय मानवीर तामाङ छन् ।

सुन्दरीजलमा शिशिर भण्डारीको हत्यामा संलग्न आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । २०७८ माघ २६ मा सुन्दरीजल स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको खोल्सामा शिशिर मृत भेटिएका हुन् ।

आरोपीलाई अनुसन्धान गरेर मुद्दा चलाउन प्रहरी वृत्त बौद्धमा पठाइएको एसएसपी भट्टराईले बताए । मृतकको घाँटीमा चोट देखिएको थियो । सो घटनापछि फरार मानवीरको साथमा मृतकको मोबाइल भेटिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१