बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८१, बुधबार ०५:५९

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ गरी ६४ जना सांसदको समर्थन रहेको छ ।

मुख्यमन्त्री लामाले बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताईको छ । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए ।

कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ । कांग्रेस–एमालेले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम भने टुङ्गाइसकेका छैनन् । संघीय सरकारको समीकरणमा आएको उलटफेरको प्रभावका कारण बागमतीमा पनि कांग्रेस–एमालेको सरकार गठन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१