एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८१, मंगलवार ०५:५९

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार सो रकम बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो ।

एक वर्षमा फलफूलको कारोबारबाट सरकारले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको भन्सार विभागकाे तथ्यांकमा उल्लेख छ । नेपालले वार्षिक फलफूलको कारोबारबाट २३ अर्ब ४१ करोड घाटा बेहोरेको छ ।

अधिकांश फलफूल भारतबाटै आयात भएको भन्सार विभाग तथ्यांकमा छ । एक वर्षमा भारतबाट २ लाख मेट्रिक टन फलफूल आयात भएको छ । सो बापत १२ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांक छ । यस्तै, ११ अर्ब ७ करोड रुपैयाँको चीन, अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकबाट फलफूल आयात भएको हो ।

नेपालीले विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ एक वर्षमा २० हजार मेट्रिक टन उपभोग गरेका छन् । भन्सार विभागका अनुसार नेपालीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० हजार मेट्रिक टन विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ खाएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१