काठमाडौँ । हिमालयन रिजन वेलफेयर फाउण्डेशन नेपालको वार्षिक साधारण सभा तथा कार्य समीक्षा सम्पन्न भएको छ । शनिवार गोकर्ण हिलसाईड रिसोर्ट काठमाडौँमा कार्यक्रम सम्पन्न भएको हो ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाले सुरुवाती देखि हाल सम्म गरेका विभिन्न सामाजिक कामको डकुमेन्ट्री देखाएर जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राजु अधिकारीले सामाजिक संस्थालाई सधैँ साथ सहयोग गर्ने बताए । उनले आफ्नो उद्देश्य अनुसार संस्था चल्नुपर्ने भन्दै सामाजिक सङ्घ संस्था बचाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
शैक्षिक क्षेत्रमा केही सेवा गर्न अग्रसर बनेको हिमालयन रिजन वेलफेयर फाउण्डेशनले आर्थिक समस्यामा परेर पढ्न नपाएका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक सहयोग गरेर पढाउँदै आएको छ । विभिन्न ८ वटा विद्यालयमा ५० जना सम्म पडाउँदै आएको यस संस्थाले हाल पनि विभिन्न विद्यार्थीलाई सहयोग गर्दै आएको संस्थाका अध्यक्ष निमा शेर्पाले बताए । हाल सम्म करिब २ करोड ५० लाख रकम विभिन्न क्षेत्रमा सहयोग गरेको अध्यक्ष शेर्पाको भनाई छ ।
संस्थाका कोषाध्यक्ष निम्तो शेर्पाले २०७२ सालको विनाशकारी भूकम्पमा समस्यामा परेका धेरै परिवारलाई मलहम पट्टी लगाएको बताए जनाए ।
प्रतिक्रिया