प्रधानमन्त्री ओलीले विश्वावसको मत लिन हतार नगर्ने, उपेन्द्र र सिके पर्ख र हेरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०८१, बुधबार ०५:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन हतार नगर्ने भएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी छ । प्रधानमन्त्री ओलीले यही साउन ६ गते संसद्मा विशेष सम्बोधन गर्ने तय भएको छ ।

प्रधानमन्त्रीको शपथ खाएकै दिन २२ सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् । सरकारमा सहभागी दलहरु चार वटा छन् । प्रधानमन्त्री ओलीलाई सरकारमा सहभागी नहुने दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहने बुझिएको छ ।

संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेबीच सहमति भएकोले साना दलहरुले पनि वर्तमान सरकारसँग सहकार्य गर्ने भएका हुन् । जसपा, नेपाल र जनमत पार्टीले भने सरकारमा सहकार्य गर्न चाहेका थिए । तर, प्रधानमन्त्री ओलीले अशोक राई नेतृतत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाबाहेक अरु दललाई सरकारमा सहभागी हुने च्याप्टर नै क्लोज गरिदिएका छन् ।

जसपा, नेपाल र जनमत सरकारमा सहभागी हुन नपाएको कारणले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनपनि सक्ने चर्चा चलेको छ । तर, प्रधानमन्त्री ओली भने विश्वासको मत लिने बेलासम्म दुई तिहाईभन्दा बढिको समर्थन जुटाउनेगरि आन्तरिक छलफलमा जुटेका हुन् । अहिले प्रधानमन्त्री ओलीसँग कांग्रेस ८८, एमाले ७८, जसपाको ७ र लोसपाको ४ गरी १७७ पुगेको छ ।

अहिले सरकरामा भएका दलहरुको संसद्को संख्या जोड्दा दुई तिहाईको लागि ७ जनाको कमी हुन्छ । प्रधामन्त्री ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे जसपा, नेपाल र जनमत पार्टीभित्र दुई मत रहेको बुझिएको छ । दुवै दलका नेतृत्वकर्ताहरु यतिवेला पर्ख र हेरको अवस्थामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१