को हुन् शिक्षामन्त्री विद्या भट्टराई ? यस्तो छ उनको पृष्ठभूमी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८१, सोमबार १७:०१

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विद्या भट्टराई नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा एमालेको भागमा परको शिक्षा मन्लायको बागडोर सम्हालेकी भट्टराई एमाले नेता स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको ताप्लेजङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो ।

अधिकारीको निधनपछि कास्की–२ मा भएको उपनिर्वाचनमा एमालेबाट विद्या निर्वाचित भएकी थिइन् । त्यस्तै, २०७९ मा भएको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–५ सिन्धुकोटमा २०२९ साल कात्तिक १४ गते जन्मिएकी विद्यालयले शिक्षादिक्षा भने काठमाडौंबाट आर्जन गरिन् । उनको बुबा हेमराज र आमा टोमकुमारी भट्टराई हुन् ।

समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेकी विद्याले विद्यार्थी जीवनबाटै अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०४७ सालबाट तत्कालीन मालेमा संगठित भएकी विद्या २०५४ सालमा अनेरास्ववियुको केन्द्रीय सचिवमा निर्वाचित भएकी थिइन् ।

त्यस्तै, उनी २०६३ सालमा नेकपा एमाले उपत्यका महिला कमिटिको सचिवको जिम्मेवारीमा रहेर समेत काम गरेकी थिइन् । त्यस्तै, उनीसँग संघिय मामिला विभाग सदस्य र शिक्षा विभागमा रहेर काम गरेको अनुभव छ ।
हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्यका रुपमा रहेकी छन् । गत निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई संसदको शिक्षा तथा स्वास्थ्य समिति सदस्य र विकास तथा प्रविधि समिति सदस्यका रुपमा रहेकी छन् ।

विद्या लामो समय प्राध्यापन पेसामा समेत सक्रिय रहेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१