प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८१, सोमबार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रपति निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै ओली लैनचौरस्थित शहीद स्मारक पुगेका थिए । उनले सहिदहरुको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि लगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनी पदभार ग्रहणका लागि मन्त्रालय पुगेका हुन् ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका थिए । प्रचण्ड पदमुक्त भएसँगै कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१