पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटीहोम महायज्ञ आयोजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८१, सोमबार ०५:३९

काठमाडौं । आगामी साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्र, (वनकाली) हंस मण्डप, काठमाडौंमा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा कोटीहोम महात्म्य तथा महायज्ञ आयोजना गरिएको हो ।

अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमुना मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।

कोटीहोम महायज्ञमा सु–प्रसिद्ध कथा वाचिका राधिका दासी, अन्तर्राष्ट्रीय कथा प्रवक्ता देवी प्रतिभा, पण्डित श्री दीनवन्धु पोखरेल, श्रीमद् देवी भागवत वाचिका डा.कान्ता भट्टराई र देवी चन्द्रकला सखीबाट कथा वाचन हुने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१