मनसुनमा बच्चालाई यूटीआई संक्रमणबाट कसरी जोगाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८१, आईतवार ०५:३७

मनसुनको समयमा बच्चादेखि वृद्धसम्मलाई सामान्य अवस्थामा भन्दा बढी रोगले सताउन सक्छ । वर्षायाममा लाग्ने एक रोग हो, युरिनरी ट्याक्ट इन्फेक्सन (यूटीआई) । यो मिर्गौला, मूत्राशय, मूत्रमार्ग जस्ता अंगमा धेरै हुन्छ । यूटीआईको संक्रमण हुँदा पिसाब गर्दा निकै पोल्छ ।

पुरुषको तुलना महिलामा युटीआईको समस्या धेरै देखिन्छ । यही समस्या बच्चा पनि देखिने गरेको छ । बच्चामा यूटीआई हुनुका केही कारण हुन्छन् । यसको साझा कारण हो, ब्याक्टेरियाको संक्रमण । ई कोली नामक ब्याक्टेरिया मूत्रमार्गमा प्रवेश गर्दा यूटीआई संक्रमण हुने गर्छ ।

सरसफाइमा ख्याल नगर्नु, पानी कम पिउनु, दुर्गन्धित शौचालयको प्रयोग गर्नु बच्चामा यूटीआई संक्रमण देखिने मुख्य कारण हुन् ।

यसको समस्या मनसुनको याममा सबैभन्दा धेरै हुने गर्छ । बच्चालाई यसबेला बाहिर खेल्नबाट बञ्चित नै गराउन त सम्भव हुँदैन, तर केही सावधानी अपनाएर यूटीआई संक्रमणबाट बचाउन सकिन्छ ।

बच्चाको स्वस्थताको ख्याल राख्ने

बच्चालाई दिनहुँ नुवाइदिनुपर्छ । खासगरी मनसुनको समयमा शरीर ओसिलो हुने भएकाले संक्रमणको जोखिम धेरै हुन्छ । त्यसैले नुहाइदिंदा शरीर ओसिलो हुन पाउँदैन । तर बच्चालाई नुहाइदिंदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

नुहाइदिएपछि बच्चाको शरीर सुक्खा बनाएपछि मात्रै लुगा लगाइदिनुपर्छ । बच्चाको नियमित सरसफाइ गरी सुक्खा र सफा लुगा मात्रै लगाइदिनुपर्छ ।

बच्चाको हाइड्रेसन लेभलको ख्याल राख्ने

यूटीआई संक्रमणबाट बच्चालाई बचाउनका लागि पर्याप्त मात्रामा पानी पिलाउनुपर्छ । पानी पिउँदा मूत्रमार्ग सफा हुन्छ र ब्याक्टेरिया जम्मा हुन पाउँदैन । बच्चाको खानामा ताजा जुस, नरिबल पानी र सुप समावेश गर्नुपर्छ । यसले हाइड्रेसन लेभल कायम राखन्छ र संक्रमणको खतराबाट जोगाउँछ ।

बच्चाका लागि सही भित्री पहिरन छान्ने

मनसुनमा बच्चाका लागि सही भित्री पहिरनको छनोट गर्नुपर्छ । बच्चाका लागि सुतीको कपडा आरामदायी हुने भएकाले अन्डर गार्मेन्ट्स पनि सोही अनुसार लगाइदिनुपर्छ । साथै भित्री बस्त्र समय-समयमा फेरिदिनुपर्छ ।

शौचालय स्वच्छताबारे सिकाउने

बच्चालाई यूटीआई संक्रमण हुनुको मुख्य कारण नै शौचालय हाइजिन टिप्सको ख्याल नगर्नु हो । बच्चालाई शौचालय प्रयोगपछि आफ्नो हात साबुनपानीले सफा गर्न सिकाउनुपर्छ । साथै बच्चालाई आफ्नो गोप्य अंगको सरसफाइ गर्ने तरिका पनि अभिभावकले सिकाइदिनुपर्छ ।

बच्चाको शरीर सुक्खा राख्ने

बच्चालाई भिजेको कपडा कहिल्यै लगाइदिनु हुँदैन । अझ मनसुनको समयमा त उसको छाला सुक्खा राख्न हरप्रयास गरिरहनुपर्छ । वर्षामा बच्चा भिजेको छ भने तुरुन्तै उसको कपडा फेरिदिनुपर्छ । यसले बच्चामा यूटीआई, ब्याक्टेरियल तथा फंगल संक्रमणबाट जोगाउन सकिन्छ । वर्षामा बच्चाको खुट्टा सुक्खा राख्न जुत्ता लगाइदिनुपर्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१