बुढानिलकण्ठ नगरपालिका वडा १ द्वारा एसइईमा उत्कृष्ट अंक ल्याउने २५ विद्यार्थीलाई सम्मान (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०८१, शनिबार ०७:१३

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका  वडा–१ ले एसइई २०८०  सालमा वडाबाट उत्कृष्ट स्थान ल्याउने २५ विद्यार्थीलाई सम्मान गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिह  र वडा अध्यक्ष सुरेन्द्र लामाले विद्यार्थीलाई टिका लगाएर प्रमाणपत्र  र डायरी दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिहले  १३  वडा मध्य १ नम्बर वडा एसइई सम्मान गर्ने पहिलो वडा  रहेको बताए । उनले विद्यार्थीको उज्वल भविष्यको लागि गरेको सम्मानले विद्यार्थीमा हौसला बढाएको बताए । उनले भने–यो सम्मानले तपाईहरुको अध्ययनस्तरमा उल्लेखनीय प्रगति हुनेछ । उनले वडाको विकासको लागि नगरपालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुरेन्द्र लामाले वडाको पूर्ववत कार्यक्रम अनुसार एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको बताए । भने –हाम्रो यो सम्मानले समग्र वडाको शैक्षिक विकासको लागि महत्वपुर्ण हुनेछ । उनले आर्थिक अवस्था कमजोर भएका स्थानीय विद्यार्थीलाई वडाले छात्रवृतिको व्यवस्था गर्ने बताए । उनले भने–तपाईहरुले रकम अभावको कारण पढ्न नपाएको सुन्न नपरोस,आवश्यक भए वडाले उच्च शिक्षाको लागि समेत पहल गर्ने बताए । उनले एक वर्ष अवधिमा वडाले वृक्षरोपणलाई मुख्य प्राथमिकता दिएको बताए । उनले वडाको कुनैपनि सडकमा मोबाइल बालेर हिड्न नपर्नेगरी सडकबत्ती जडान गरेको बताए । सबै क्लबलाई खेल समाग्री हस्तान्तर गर्न पाएका छौँ । महिला समुहलाई थप सक्रिय बनाएका छौ । वडाको गौरबको योजनाको रुपमा पार्क निमार्ण खुल्ला जिम समेत निर्माण सम्पन्न गरेको  बताउनुभयो ।

कार्यक्रममा बोल्दै बिना थिंग तामांगले एसईईमा उत्कृष्ठ अंक ल्याएका विद्यार्थीहरुमा यो कार्यक्रमले  हौसला बढेको बताइन ।  कार्यक्रममा वडा सदस्य कर्मचारी समाजसेवी  र अभिभाबकहरुको समेत उपस्थिति रहेको  थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१