स्तनपान गर्नुअघि स्तन सफा गर्न जरुरी छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८१, शुक्रबार ०६:००

धेरैजसो महिलाले स्तनपान गराउनुअघि र पछि बच्चाको सरसफाइमा ध्यान दिंदै उसको मुख सफा गरिदिन्छन् । तर उनीहरुमा आफ्नो स्तन पनि बच्चालाई दूध खुवाउनुअघि र पछि सफा गर्नुपर्छ भन्नेमा भने ध्यान गएको पाइँदैन ।

स्नतपान गराउँदा महिलाले आफ्नो बच्चा र आफ्नो सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

स्तनपानले गर्ने फाइदा

वास्तवमा गर्भावस्था र स्तनपानको क्रममा निप्पल एरिओला कम्प्लेक्समा परिवर्तन हुन्छ । जसले गर्दा यसको आकारप्रकारमा पनि वृद्धि हुन्छ । एरिओलाको वृद्धिले शरीरबाट फाइदाजनक पदार्थलाई निकाल्न मद्दत गर्छ । जसबाट बच्चा र आमालाई पनि फाइदा पुग्छ ।

एन्टिब्याक्टेरियल तरल पदार्थ प्राकृतिक रूपमा स्तनबाट निस्कन्छ, जसले बच्चा वा आमालाई संक्रमणबाट जोगाउन मद्दत गर्छ । स्तनपानको समयमा महिलाहरूको स्तनमा लुब्रिकेसन हुन्छ, जसले स्तनको छालालाई नरम राख्छ र छालालाई फुट्नबाट रोक्छ ।

बच्चालाई जन्म दिएपछि आमाको स्तनले फेरोमोन भनिने रासायनिक तत्वहरू निस्कन्छ, जसले बच्चालाई निप्पल पत्ता लगाउन र दूध खुवाउन मद्दत गर्छ । आमाको स्तनमा राम्रो ब्याक्टेरिया उत्पादन हुन्छ, जसले बच्चाको लागि स्वस्थ माइक्रोबायोम बढाउन मद्दत गर्छ ।

स्तनपानले बच्चालाई उचित पोषण र शारीरिक विकासमा मद्दत गर्छ । यो समयमा स्तनपानले अक्सिटोसिन नामक हर्मोन निकाल्छ । जसले आमाको दिमाग शान्त राख्ने र आफ्नो बच्चासँग जोडिएको महसुस गराउँछ ।

स्तनपानको क्रममा स्तनलाई सफा कसरी राख्ने ?

स्तनपान गर्नुअघि वा पछि बच्चाको सरसफाइको ख्याल राख्दै महिलाले आफ्नो स्तनलाई साबुनपानी र सेनिटाइजरले सफा गर्छन्, जुन स्तन र बच्चाको लागि हानिकारक हुनसक्छ । यसले लाभकारी प्राकृतिक तेल र स्राव हटाउन सक्छ, जसले स्तन सुक्खापन, जलन र संक्रमणको जोखिम बढाउन सक्छ ।

बरु, आफ्नो हात धोएर थोरै पानीले स्तनमा लगाएर सफा कपडाले सुक्खा बनाउन सकिन्छ । स्तनको सरसफाइ कायम राख्न नियमित रूपमा नुहाउनुपर्छ । नुहाउँदा सफा पानीले स्तनमा भिजाउन सकिन्छ । र, यो समयमा निप्पललाई रगड्न हुँदैन ।

स्तनमा हावा प्रवाह हुन दिन आरामदायक ब्रा र लुगा लगाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१