मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८१, शुक्रबार ०५:३६

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीशत्रय अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

गीताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षको जागिर खाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीको आधारमा छानविन गरी गीताविरुद्ध मुद्दा दायर गरेको थियो । उनी धनगढीस्थिति शिव माविमा शिक्षिका थिईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर ७, २०८१