भण्डारीलाई मन्त्री बनाउने देउवाको तयारी, ओलीको पनि चाहना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८१, शुक्रबार ०५:३४

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा क-कसलाई पठाउने भन्ने विषयमा छलफल थालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनको लागि छलफल थालेका हुन् ।

यसपटक कांग्रेसबाट क्लिन छवि भएकाहरुलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । रमेश लेखक गृहमन्त्री बनेर सरकारमा सहभागी हुने निश्चित् भएको छ । उनको नाममा करिब करिब सहमति जुटिसकेको छ । यसपटक गुल्मीबाट निर्वाचित सांसद डा. चन्द्र भण्डारीलाई पनि मन्त्री बनाउनुपर्ने भनेर पार्टीभित्रै बलियो आवाज उठेको छ ।

सभापति देउवाले पनि भण्डारीलाई यसपटक मौका दिने मन बनाएका छन् । अहिलेसम्म मन्त्री नबनेका भण्डारी सबै दलका नेता तथा कार्यकर्ताहरुले रुचाउने नेताको रुपमा परिचित छन् । उनलाई आफू नेतृत्वको क्याविनेटमा सहभागी गराउनको लागि ओलीपनि ईच्छुक छन् । कांग्रेस सभापति देउवासँग भएको मन्त्रालय बाँडफाँटको छलफलमा ओलीले भण्डारीलाई सरकारमा पठाउनको लागि सिफारिश गरेका छन ।

कांग्रेसले परराष्ट्र मन्त्रालयको नेतृत्वमा डा. आरजु राणा देउवालाई पठाउने निधो गरिसकेको विश्वस्त स्रोतको दाबी छ । अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाएकी आरजु हाल प्रतिनिधिसभाको कृषि समितिको सभापतिको जिम्मेवारीमा छिन् । उनले सदनमा जलवायु परिवर्तनका एजेण्डापनि जोडदार रुपमा उठाइरहेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१