उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न सहकारी पीडितको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०८१, बिहीबार ०५:५२

काठमाडौं।  सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा बोल्दै सहकारी पीडितहरुले लामिछानेमाथि छानविनको माग राखेका हुन् । उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक गृहमन्त्री लामिछानेउपर पनि छानबिन आवश्यक रहेको बताए ।

साहारा सहकारी पीडितले सहकारीको नीति र कानुनविपरीत गोर्खा मिडिया नेटवर्कमा लगानी लगाइएको भन्दै उक्त रकम अपचलन गर्ने शक्तिशाली व्यक्ति गृहमन्त्री भए पनि अनुसन्धान गरी दोषी भए हदैसम्मको कारबाही गर्न समितिसँग पीडितहरुले माग गरे । समितिको छलफलमा बोल्दै सहारा बहुउद्देश्यीय सहकारी पीडित शालिग्राम दुवाडीले साहारा बचतको रकम गोर्खा मिडिया नेटवर्कलगायत विभिन्न संस्थामा ५१ करोड रकम गएको दावी गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१