ओलीलाई प्रधानमन्त्री बन्न नदिने चलखेलः प्रचण्ड, माधव, झलनाथपछि विप्लव पनि बालुवाटारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०८१, बिहीबार ०५:४८

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेपाल, खनाल र विप्लव बालुवाटार पुगेका हुन् । अहिले चार नेताबीच छलफल जारी छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले विश्वासको मतका लागि सत्ता साझेदार दलका साथै अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । असार १७ गते एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने निर्णय गरेका छन् । दुई दलको प्रष्ट बहुमत हुँदा पनि प्रचण्ड भने विश्वासको मत लिएरै छाड्ने अडानमा छन् ।

विश्वासको मत पाए आफू नेतृत्वको सरकार अगाडि बढाउने र नपाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तयारीमा प्रचण्डलगायतका नेताहरुले तयारी थालेका छन् । सोही तयारीअन्तर्गत अब विश्वासको मत नपाए स्वतः संविधानको धारा ७६ को उपधारा ३ को अभ्यास हुनुपर्ने उनीहरुको अडान छ । उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१