नाउपाले फिर्ता लियो सरकारमाथिको समर्थन, विश्वासको मत पनि नदिने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०८१, बिहीबार ०५:४५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको छ । नाउपाले हालै संसदीय दलको नेता फेरेको थियो । रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर अरुण चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले पर्सी संसदबाट विश्वासको मत लिँदैछन् । यस अघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आजको बैठकमा श्रेष्ठ बाहेकका गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी उपस्थित थिए ।

केही समय अघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदै छन् । नाउपाले पनि समर्थन फिर्ता लिएसँगै उनको साथमा रहने दलहरूको संख्या थप साँघुरो हुँदै गएको छ । संघीय संसद्मा नाउपाका चार सांसद छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१