ओली सरकारमा सवार हुन गगन थापा आँतुर, बालकोट आवातजावत बाक्लियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०८१, बिहीबार ०५:४३

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा क-कसलाई पठाउने भनेर पार्टीभित्र आधिकारिक रुपमा छलफल सुरु नगर्दै नेताहरुले भने मन्त्री बन्नकोलागि सक्रियता बढाएका छन् । यसपटक कांग्रेसबाट पदाधिकारी तहबाटै सरकारको नेतृत्व गरेर जाने कि अरु कसैलाई पठाउने भनेर सभापति शेरबहादुर देउवा कुनै निश्कर्षमा पुगिसकेका छैनन् ।

तर, महामन्त्री गगनकुमार थापाले भने आफूपनि सरकारमा सहभागी हुनेगरि आफूलाई मुभ गराएका छन् । महामन्त्री थापाले नै सरकारमा जानको लागि चाहना राखेपछि सभापति देउवाले पनि सकारात्मक जवाफ दिएको बुझिएको छ । यद्धपी सभापति देउवा खेमाका नेताहरुले भने गगनलाई सरकारमा पठाउन नचाहेको गाईंगुईं सुरु भएको छ ।

गगनलाई नै नेतृत्व गरेर सरकारमा पठाउनको लागि ओलीले पनि देउवासमक्ष कुरा राखेको बुझिएको छ । आजमात्रै देउवा र ओलीबीच बुढानिलकण्ठमा दुई घण्टा भेटवार्ता भएको थियो । सो भेटवार्तामा मन्त्रालयको भागबण्डाको विषय टुँगो लगाउनुको साथै सरकारमा क कसलाई पठाउने भन्ने विषयमा पनि शीर्ष नेताहरु एउटा निश्कर्षमा पुगेको बताईएको छ ।

थापाले यो बीचमा एमाले अध्यक्ष ओलीसँग बालकोटमै पुगेर भेटेका छन्। उनी यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा (२६ अगष्ट २०१६) स्वास्थ्यमन्त्री भैसकेका छन् । अहिले भने उनले सकेसम्म गृह मन्त्रालयको नेतृत्व लिन चाहेका छन् । गृह मन्त्रालयको नेतृत्वमा सभापति देउवाले रमेश लेखकलाई पठाउने निधो गरिसकेका छन् ।

लेखक नै गृहमन्त्री बनेर गए आफू उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न तयार रहेको सन्देश थापाले बुढानिलकण्ठमा पुर्याएका छन्। थापालाई सत्तारोहण गराउनको लागि देउवा र ओली दुवैले चाहेकोले यसपटक उनी सरकारमा जाने करिब निश्चित्जस्तै भएको उनीनिकट नेताहरुको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१