नेपाललाई अस्थिर बनाउने खेलमा नेपाली सेनाको प्रयोग किन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०८१, बुधबार ०६:२९

काठमाडौँ । बिगत केहि दिनदेखि विभिन्न डिजिटल प्ल्याटर्फम मार्फत नेपाली सेनाको भावी प्रधान सेनापति माथि एकहोरो तरिकाले निरन्तर आक्रमण भई रहेको छ । बास्तवमा यो आक्रमणको प्रयास भावी सेनापति प्रति लक्षित नभई नेपालीहरुले आस्था राख्ने एकमात्र अटल सस्था नेपाली सेना माथिको प्रहार हो । बिभिन्न जटिल परिस्थितिमा समेत निश्पक्ष भएर जनताको पक्षमा उभिएको एक मात्र सस्थालाई कसरी धुमिल्याउने, कसरि बिवादित बनाउने भन्नेमा गिरोहहरु सक्रिय भएको उक्त सामाग्रीहरु हेर्दा र पढ्दा जो कोहीले अनुमान गर्न सकिन्छ ।
प्रजातन्त्र पश्चात प्राप्त भएको लोकतन्त्र अनि गणतन्त्र सगै देखिएका राजनैतिक विचलनहरुले देशलाई दिनानुदिन अस्थिर बनाउदै लगिरहेको छ । नेपालमा स्थिर सरकारको परिकल्पना नै हुन छाडेको बेला एक मात्र स्थिर संस्थाको रुपमा रहेको नेपाली सेनालाई बिभिन्न गिरोहहरु प्रयोग गरेर अस्थिर बनाउने कोशिष भएको छ । यस्तै गिरोहको अस्त्रको रुपमा निमुखा जनता, सभासद, पत्रकार लगाएत नेपाल सरकार पनि प्रयोग हुदै आएको भान भईरहेको देख्न सकिन्छ । यस प्रकारको आक्रमणलाई एक प्रकारका मिडिया ट्रायलको रुपमा पनि लिन सकिन्छ ।

बिगतलाई हेर्ने हो भने पनि साना साना पत्रपत्रिकाबाट यस्ता प्रयोगहरु धेरै भएका छन् । गौरब शम्मसेर जबरा, छत्रमान सिह गुरुङ्ग, राजेन्द्र क्षेत्री, पुर्णचन्द्र थापा हालको प्रधानसेनापति प्रभुराम शर्माहरुको बिभिन्न बहानामा मिडियाबाजी गरेर विवादित बनाउन नखोजिएको होईन तर तत्कालीन समयमा केहि प्रिन्ट मिडिया मात्र रहेको हुदा गिरोहहरु सफल भएका थिएनन् तर अहिले परिस्थिति बदिलियको छ । एक अर्काको नक्कल गरी पोष्ट गर्ने मिडियाहरुले भयानक हेडलाईनका साथ एउटै समाचार क्रस भेरिफिकेसन समेत नगरी बारम्वार प्रसारण गरेका देख्दा मिडिया प्रति नै बिस्वासको संकट उत्पन्न भएको देखिन्छ ।

सेनापति नियुक्त हुनलाई बिज्ञापन मार्फत कुनै संस्थाको एम.डि. र जि. एम. छान्ने जस्तो गरी गिरोहरुबाट प्रचार भईरहेका छ । नेपाली सेनामा कम्तिमा ३७।३८ बर्ष सेवा अवधि भएका जेष्ठ रथीमात्र प्रधानसेनापतिको लागि योग्य हुन्छ । यो अवधि सम्म सेवा गर्दा अधिकृत तहबाट जागिर सुरु गरी करिव ९ ओटा तहको सबै पदोन्नतिहरु रक्षा मन्त्रालय मार्फत भई प्रधानसेनापतिको लागि तयार भएका हुन्छन् । नेपाली सेना आफैले पदोन्नती दिएर कसैलाई पनि त्यो स्थानसम्म पुर्याउन सक्दैन तसर्थ यो तहमा पुगीसकेको व्यक्तिमाथी चौतर्फी मिडियाबाजी हुनु व्यक्ति भन्दापनि संस्थामाथिको आक्रमण नै हो । मिडियाबाजी र बिरोध नै गर्ने हो वा उहाको क्षमतामा शंका गर्ने हो भने उहाको युद्धकौशल र रणनीतिक योजना बनाउने क्षमता, युद्धको परिस्थिति र प्रकृतिको विश्लेषण गर्ने क्षमता, युद्ध र सैन्य अभ्यासहरूको योजना बनाउने क्षमता, नेतृत्व र व्यवस्थापन क्षमता, सैन्य संगठनको नेतृत्व गर्ने क्षमता, कर्मचारीहरूको प्रशिक्षण र विकास गर्ने क्षमता, सरकार, अन्य सैन्य संगठन र अन्तर्राष्ट्रिय निकायहरूसँग प्रभावकारी सञ्चार गर्ने क्षमता, तीव्र निर्णय लिने क्षमता, तत्काल र प्रभावकारी निर्णय लिने क्षमता लगायत परिवर्तित परिस्थितिमा लचिलो र प्रतिक्रियाशील हुने क्षमतामा प्रश्न उठाउ र त्यसमा छलफल गरौ ।
रथि अशोकराज सिग्देलले आफ्नो ३७।३८ बर्षे सेवा अवधिमा नेपालको बिभिन्न तीनवटा कालखण्ड पार गरे, शस्त्र आन्दोलनहरु भए, लोकतन्त्र, गणतन्त्र आए शान्तिकार्यको लागि अन्तराष्ट्रिय क्षेत्रमा तैनाथ भए, त्यस बाहेक हालसम्म उनि बाहिनी पति, पृतना पति, कमाण्ड सेनापति, लगायत मुख्यालयका महत्वपुर्ण विभागका प्रमुखपनि भए होलान् । यी जिम्मेवारीहरुमा उहाँको खोट निकालौं अनि भनौं प्रधानसेनापति हुन योग्य हुन् कि होईनन् ? यत्तिकै नागरिकताको प्रतिलिपि लिएको र जन्ममितिको स्थानमा उमेर उल्लेख भएको, अनि जारि मिति नै जन्ममिति हुनुपर्छ भनेर हल्ला फिँजाएर देशको शक्तिशाली संस्थालाई कमजोर बनाउने कसैलाई पनि छुट छैन ।

विभिन्न डिजिटल प्ल्याटर्फमहरु मार्फत प्रकाशित भएका समाचारहरुमा सबैमा नागरिकताको प्रतिलिपि लिएको र जन्ममितिको स्थानमा उमेर उल्लेख भएको अनि जारि मिति नै जन्ममिति हो भनि जिकिर गरीएको भनि एकतर्फी ढंगबाट आरोप लगाउने प्रयत्न भएको छ । समाचारहरुको हेडलाईन मात्र फरक तर भित्र सबैमा उस्तै कुरा रहनु र दिनानुदिन नयाँ नयाँ मिडियाले प्रकाशित गर्नुले पनि यसको पछाडि देशलाई कमजोर बनाउन ठुलै गिरोह परिचालित भएको अनुमान गर्न सकिन्छ । यस्ता कार्यमा युवराज सफलजस्ता विवादित र उदण्ड मान्छे प्रयोग गरिनु र उनलाई पत्रकार सम्मेलन गराएर पनि त्यहि पत्रपत्रिकाको समाचारलाई नै हुबाहु पढेर सुनाउन लगाउनु साथै केही कुराहरु बुझिन्छ र सुनिन्छ भनेर प्रस्तुत गरि नेपाली सेनामाथि तुच्छ मुल्याङ्कन गर्नको साथै प्रधानन्याधिस लगाएतलाई त पुर्व न्याधिस रण बहादुर बमको हत्याको घटनाको उदाहरण दिदै ज्यानकै धम्की समेत दिन लगाएको देखिन्छ । यसैगरी हाल अमेरिकामा बसेर डिजिटल प्ल्याटर्फमको माध्यममबाट बिभिन्न सामाग्रीहरु प्रकाशन गर्दै आएका टंक दहालले समेत प्रयाप्त प्रमाण बिनानै पत्रपत्रिकामा छापिएको समाचारकै आधारमा युट्युव मार्फत भिडियो रिपोर्टिङ्ग नै गरे। यसरी केहि मिडियाहरु मार्फत उठाएका बिषयहरुमा बिशेषतः निम्न दुईवटा बुदाहरुलाई प्रमुखताको साथमा उठाईएको देखिन्छ ।

नागरिकता र जन्ममिति बिबाद
पत्रपत्रिकामा छापिएका समाचारकै आधारमा रथी सिग्देलको जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नेपाली नागरिकताको प्रतिलिपि अभिलेख प्रमाणित गरिएको पत्रमा नागरिकता जारी मिति विसं २०४० साउन २९ र जन्ममिति १७ वर्ष प्रमाणित गरिएको भनिएको छ र सो नागरिकतामा उमेर १७ बर्ष लेखिएको आधारमा जन्ममिति विसं २०२३ साउन २९ गते हुनुपर्छ भनिएको छ । नेपालको कुनै पनि जिल्ला प्रसासन कार्यलयमा हाल सम्म जन्मेकै दिन नागरिकता जारी गर्ने प्रचलन नभएको र हामी सबै नेपालीहरुको घरमा ५० बर्षभन्दा माथिका बुबा आमाहरुको नागरिकता हेर्ने हो भने अधिकतम नागरिकताहरुमा जारी मिति र उमेरमात्र लेख्ने गरेको पाईन्छ । तसर्थ उहाले पेश गर्नुभएको वास्तविक जन्ममिति २०२३ माघ १९ बाट १७ बर्ष जोड्दा पनि जारी मितिमा निज रथी १७ बर्षकै देखिन्छ ।

शैक्षिक प्रमाण पत्रमा उल्लेख भएको जन्ममिति
त्यसतै गरी उहाँले अध्ययन गरेका स्कुल र क्याम्पसका सक्कली कागजातमा सिग्देलको जन्म मिति २०२१ चैत १९ गते रहेको र पछि त्यसलाई सच्याएर २०२३ माघ १९ बनाइएको भनी प्रचार गरीएको छ । माथी भनिएको वाक्याशंबाट नै उहाको जन्ममिति २०२३ माघ १९ भन्ने प्रष्ट हुन्छ किनभने तत्कालिन समयमा सवै रेकर्डहरु हस्तलिखित नै हुने र गलत भएमा सच्याउन पाउने नियम अनुसार नै उहाले रितपुर्बक आफ्नो जन्ममिति सच्चाउनु भएको देखिन्छ ।

पत्रपत्रिकामा प्रचार गरिएको हस्तलिखित सच्याईएको रेकर्ड हेर्ने हो भने उक्त अभिलेखमा उल्लेखित Hem kumar Giri, Kiran K.C., Kumar aryal, Laba Khatry, Ananta Karki लगाएतको जन्ममिति हेर्दा सवै नै २०२३ साले देखिन्छ र रथी सिग्देलको मात्र २०२१ साल लेखिएको छ । यसबाट साधरण अर्थ लगाउने हो भने पनि समकालीन बिधार्थीहरुको उमेर समुह उस्तै नै हुन्छन र जुन निकायबाट सच्याउने कार्य भएको छ त्यो निकायले प्रचलित नियम कानुन अनुसार नै सच्याईएको हुनु पर्छ । त्यस कारण पत्रपत्रिकामा लेखिए अनुसार उनले प्रभाव पारेर रेकर्ड सच्याएका होईनन् र सच्याईएको भनिएको ढड्डामा सच्याउने पदाधिकारीले दस्तखत गरेको पनि देखिन्छ यसबाट सम्बन्धित निकायले नै आफुले गरेको गल्ति सच्याएको हो भने प्रष्ट देखिन्छ ।
टंक दहालले आफ्नो युट्युव च्यानलमा देखाएको नागरिकता मध्ये रुपन्देहिबाट लिएको नागरिकतामा जारी मिति २०४०।६।९ गते रहेको र यसको आधारमा दहाल आफैले सिग्देल जन्मेको असोज ९ गते तिर हुनुपर्छ भनेका छन् । उनलाई पनि थाहा रहेनछ नेपालमा जन्मेकै दिन पारेर नागरिकता जारि गर्ने चलन अहिले सम्म पनि छैन भन्ने । त्यस पछि उनले जिकिर गरेको जुन जिल्लाबाट जारी भयो त्यही जिल्लाबाट नागरिकताको प्रतिलिपि लिनपर्छ भन्ने छ, त्यसतो नियम सरकारी कर्माचारीलाई लागु नहुने सम्बन्धमा पनि उनलाई जानकारी रहेनछ ।
जिल्ला प्रशासन कार्यलयबाट बितरण गरीने नागरिकता जस्तो संबेदनशिल कुरो कुनै पनि प्रमुख जिल्ला अधिकारीले अशोकराज सिग्देलले भनेकै आधारमा रेकर्ड नै नहेरी आफुखुशी दिने भन्ने नै हुदैन, जाजरकोट जिल्लाबाट जारि भएको नागरिकताको प्रतिलिपि र सोही कार्यलयबाट “जो जस सग सम्बन्ध राख्दछ” भनी नागरिकता प्रतिलिपि शाखाबाट मिति २०८१।०२।०३ गते नेपाली नागरिकताको प्रतिलिति अभिलेख प्रमाणीत गरिएको सम्बन्धमा आधिकारीक पत्रनै जारी भएको हुदा यस सम्बन्धमा थप अन्योल हुनुपर्ने अबस्था नै नरहेको ।
मिडियामा सेनाको भित्रबाट प्राप्त भएको तोन महले सिटरोलको रुपमा जुन डकुमेन्ट देखाएका छन् त्यो सरासर भ्रमपुर्ण छ । सुचनाको क्रस भेरिफिकेशन बिना समाचार संप्रेशन हुनु आफैमा लज्जास्पद बिषय हो । यसरी बास्तविकता र ब्यबहारीक्तालाई बेवास्था गरी सारा नेपालीको आस्थाको धरोहरलाई कसरी हुन्छ कमजोर बनाउने खेलमा लागेका गिरोहहरु यत्तिकै चुप लागेर बसि रहेका छैनन्, बरु उनीहरुले यो भन्दा पहिले नै बिभिन्न पत्र पत्रिकामा हाल दोश्रो क्रममा रहेका रथी निर्मल थापाका नक्कली शैक्षिक प्रमाण पत्र, उप रथी सन्तोष ढकालको आर्थिक हिनामिना र यौन कार्य त्यस पछिका उपरथी हरुमा पनि बिभिन्न खोट देखाई जनमानसमा भ्रम फैलाउने र कसरी हुन्छ नेपाली जनताको मनमा बसेको नेपाली सेनाप्रति घृणा पैदा गराई सेनालाई अस्थिर बनाउने र अन्ततः नेपाललाई नै अस्थिर बनाई पर निर्भर बनाउने कार्यमा गिरोहहरु सक्रिय भएको अवस्थामा समयमा नै राष्ट्रवादी नेपालीहरु एक भएर यस्ता कार्यको बहिस्कार गर्नपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, साउन ११, २०८१