ओली प्रधानमन्त्री बन्न संविधान बाधक नरहेको शेखरको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०८१, बुधबार ०५:४४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानको धारा ७६ (२) कै सरकार बन्ने दाबी गरेका छन् ।  काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक बिद्यालयको छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको धारा ७६ (२) को सरकार बन्नेमा कोही कन्फ्ज हुनुपर्ने बताएका हुन् ।

कांग्रेस–एमालेबीच पहिलो चरणमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । तर, माओवादीसहित केही कानुन व्यवसायी र संविधानका ज्ञाताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाए ७६ (३) को अभ्यासमा जानुपर्ने बताउँदै आएका छन् ।

यसरी अब बन्ने सरकार संविधानको कुन धाराअन्तर्गत हुने भन्नेबारेमा विरोधाभास देखिइरहेको अवस्थामा नेता कोइरालाले ७६ (२) बाट केपी ओली नै प्रधानमन्त्री बन्ने धारणा राखेका हुन् । संविधानको धारा ७६ (३) अनुसार सरकार गठनका लागि आह्वान भएमा ओली प्रधानमन्त्री बन्न पाउँदैनन् ।

‘मिडियाहरुमा एउटा कुरा आइरहेको छ, ७६ (२) को सरकार हुन्छ कि ७६ (३) को भनेर । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु–यसमा कन्फ्युजन हुने काम छैन । अब बन्ने सरकार ७६ (२) कै हुन्छ,’– शेखरले भने ।

साथै, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिने अधिकार संविधानले नै दिएको स्मरण गराउँदै उनले कांग्रेस–एमालेले राजीनामा गर्नुपर्छ या विश्वासको मत लिनुपर्छ भन्नु कुनै फाइदा नरहेको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१