शुभ लक्ष्मी फुड एण्ड वेभरेजको गाडी र चालकमाथि सांघातिक हमला, कम्पनिको गेट समेत तोडफोड

evccfn@gmail.com' rastriyakhabar
२५ असार २०८१, सोमबार २१:५८

काठमाडौं । गए राति टोखा खड्का भद्रकाली ६ मा रहेको शुभ लक्ष्मी फुड एण्ड वेभरेजको गाडी र चालकमाथि सांघातिक हमला गरि कम्पनिको गेट समेत तोडफोड भएकोछ ।
बजारमा जारको पानि लिएर निस्किएको गाडीलाई सामाखुसी खरिकोबोट बाट नियन्त्रणमा लिई ग्रीन ल्याण्ड सम्म लगेर गाडीको चालकलाई घाँटीमा डोरीको पासो लगाई ज्यानमार्ने उदेश्यले कुटपिट गरेको र सो क्रममा बजारबाट संकलित केहि रकम समेत लुटीएको चालकले जनाएका छन् ।
१२ — १५ जनाको समुहमा आएका ब्यक्तिहरुले पानि उत्पादन गर्ने कम्पनिमा पुगेर कम्पनिको गेट तोडफोड गर्दै त्यहाँका कर्मचारीहरुलाई ज्यान मार्ने धम्कि दिएको कम्पनिका संचालक रबिन्द्र पाण्डेले जानकारी गराएका छन् ।
घटना घट्ना साथ चालकले टोखा प्रहरीमा जानकारी गराएको तथा कम्पनिको तर्फबाट प्रहरी प्रभाग बुढानीलकण्ठमा उजुरी दर्ता गराए पछि प्रहरी बृत महाराजागंजका डिएसपि अमर थापा क्षेत्रीको बिशेष पहलमा पाँच जना पक्राउ परेका छन् भने अन्य फरारहरुलाई प्रहरीले खोजि गरिरहेको श्रोतले जनाएको छ ।
अनुसन्धानकै क्रममा भएकोले पक्राउ परेका ब्यक्तिको पहिचान प्रहरीले सार्वजानिक भने गरेको छैन ।
राज्यको कानुनी दायरा भित्र रहेर स्वतन्त्र रुपमा ब्यवसाय गर्न पाउने अधिकार कुण्ठित गर्दै दादागिरि शैलिमा गरिएको आक्रमणमा संलग्नहरुलाई कार्वाहि हुनु पर्ने भन्दै कम्पनिले प्रहरीमा उजुरी दर्ता गराएको संचालक पाण्डेले बताएका छन् ।
आक्रमण गर्न आउने मध्य केहिले म पनि पानि ब्यवसायकै मान्छे हुँ भन्दै चालक माथि सांघातिक आक्रमण गरेकोले अर्को ब्यवसायको मान्छेले योजनाबद्ध तरिकाबाट आक्रमण गरेको संचालकको दावी छ ।
जारको पानि उत्पादन तथा बिक्री गर्ने ब्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतम संग यो बिषयमा कुराकानि गर्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१