१ लाख घुससहित शाखा अधिकृत पक्राउ, स्रोत नखुलेको थप रकम बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०८१, सोमबार ०६:०५

काठमाडौँ । १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई नियन्त्रणमा लिएको छ ।

कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तलेलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा दत्तलाई आइतबार कारागार प्रशासकको निवासबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

यस्तै उनको साथबाट स्रोत नखुलेको थप पचास हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१